सलमान खानलाई नेपाल ल्याउँदै निर्मल, को हुन निर्मल ?

  • माघ १४, २०७८ | ४१२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले बलिउड अभिनेता सलमान खानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गरेका छन् ।

आफ्नो जीवनी बारेको पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले नेपाल आउन सलमान खानलाई निम्तो समेत दिएका छन् । इन्स्टाग्राममा निर्मलले लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ ।’

निर्मल पछिल्लो समय नेटफिल्क्सको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’बाट चर्चित बनेका छन् । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीमार्फत पूर्जाले सलमानलाई भेटेका हुन् । सलमान र निर्वाणबीच राम्रो सम्बन्ध छ ।

७ महिनाभित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका म्याग्दीका आरोही पूर्जाले संसारका चर्चित सेलेव्रिटीलार्ई जुटाएर काठमाडौंमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

उक्त कार्यक्रमका लागि सलमानलाई नेपाल आउन निम्तो दिएका हुन् । सोही कार्यक्रममा आउन निर्मलले विश्वचर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्जलाई पनि निम्तो दिएका छन् ।

निर्मल निकट स्रोतका अनुसार सलमानले नेपाल आउने वचन निर्मललाई दिएका छन् । यसअघि दबङ रिलोेडेड कार्यक्रममा नेपाल आउने भनिएपनि विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब