पर्यटकिय क्षेत्र हात्तीदहबाट दुम्सी चोरी

  • माघ १५, २०७८ | ६२८ पटक पढिएको | सीमा संदेश
alt

लहान, १४ माघ । सिरहाको लहान नगरपालिका १५ शोभापुरमा रहेको हात्तीदह पर्यटकीय क्षेत्रबाट वन्यजीव दुम्सी चोरी भएको छ ।
बिहीबार राती अज्ञात समूहले बन्दुक प्रहार गरी दुम्सी मारेर लगेको हात्तीदह पर्यटकीय क्षेत्र कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरीले बताए । दैनिक हजारौँ पर्यटक आउने उक्त क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न समूहले खोर भित्र दुम्सी राखेका थिए ।
प्राकृतिक सौन्दर्यले रमणीय देखिने (५६ हेक्टर) जङ्गल ओगटेको उक्त क्षेत्रमा अजिङ्गर, बटाई, नीलगाई , रातो बाँदर, बेलायती मुसा लगायतका जीव जन्तुलाई संरक्षण गरी समूहले राखेको समूहकी कोषाध्यक्ष गीता चौधरीले बताए ।
उक्त सिमसार क्षेत्रमा करिब ७ सय मिटर लम्बाई र ३० फिट गहिराई भएको विशाल नदी छ , केहीबर्ष अगाडी नदिमा हात्तीहरू बस्ने गरेकोले स्थानीयहरूले सो क्षेत्रलाई हात्तीदह नामाङ्कन गरेको स्थानीय नथुनी चौधरीले जानकारी दिए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब