‘एमसीसीमा सुधार गर्नुपर्ने विषय केके हुन् ?’

  • माघ २०, २०७८ | ६९६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । संसद्को चालू अधिवेशनबाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गराउन लागिपरेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीमा सुधार गर्नुपर्ने विषयहरूका बारेमा सोध्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार दुवै अध्यक्षसँग संयुक्त भेटवार्ता गर्दै सुधारका विषयमा सुझाव मागेको देउवाको सचिवालयले बताएको छ । देउवाले देशको हितबाहिर गएर सम्झौता नहुने स्पष्ट पार्दै सम्झौतामा सुधार गर्नुपर्ने विषयहरू आफूलाई उपलब्ध गराउन आग्रह गर्नुभएको सचिवालयले जनाएको छ । जवाफमा अध्यक्ष प्रचण्डले कतिपय बुँदा अध्ययन गर्दा संशोधन नगरी पारित गर्न नसकिने अवस्था रहेको पुरानै अडान दोहोर्याउनुभएको थियो । प्रचण्डको स्वकीय सचिव रमेश मल्लले एमसीसीको विषयमा दलहरूको आ–आफ्नै धारणा रहेको बताउँदै तीन नेताबीच पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको बताउनुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्नुपर्ने तर सम्झौताको नाममा आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने अडान राख्नुभएको बताइएको छ ।

प्रधानमन्त्री देउवा एमसीसी संसद्बाट पारित गराउने गृहकार्यमा हुनुहुन्छ । तर सत्ता सहयात्री माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल संशोधन गरेर मात्र एमसीसी अगाडि बढाउनुपर्ने आ–आफ्नै अडानमा हुनुहुन्छ । जसको कारण सत्ता गठबनन्धभित्र एमसीसी अगाडि बढाउने विषयमा साझा सहमति निर्माण हुन सकिरहेको छैन ।

सहमति निर्माणका लागि सत्ता गठबन्धले तीन सदस्यीय कार्यदल पनि गठन गरेको थियो । उक्त कार्यदलले संशोधन गरेर मात्र एमसीसी अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिइसकेको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब