अभिनेता नवाजुद्दीन सिद्दीकी चाँडै नै कंगना रनावतको प्रोडक्सनमा बनेको फिल्म ‘टीकू वेड्स शेरु’मा देखिँदैछन् । यो फिल्ममा नवाजुद्दीन आइटम गर्लको रुपमा पनि प्रस्तुत हुँदैछन् । जसको एक झलक हालै कंगनाले सामाजिक सञ्जालमा राखेकी थिइन् ।
आयुष्मान खुराना (ड्रीम गर्ल) : हिट फिल्म ‘ड्रीम गर्ल’मा आयुष्मान खुराना नाटकमा युवतीको चरित्र निभाउने पात्रमा देखिएका थिए । जसका लागि उनी पूर्ण रुपमा युवती भएका थिए । फिल्मको क्लाइमेक्समा पनि उनी लेहंगा लगाएर युवती बनेका थिए । फिल्ममा सजिलै पैसा कमाउनका लागि आयुष्मान पुजा बनेर मानिसहरुसँग फोनमा कुराकानी गर्दै बिल बढाउँथे ।
गोविन्दा (आन्टी नं १) :सन् १९९८ मा रिलिज फिल्म ‘आन्टी नं। १’मा गोविन्दा आन्टीको भूमिकामा देखिएका थिए । फिल्मको गीत ‘आन्टी नम्बर १’ निकै लोकप्रिय भएको थियो ।
सलमान खान (जान–ए–मन) :अभिनेता सलमान खान, अभिनेत्री प्रिती जिन्टा स्टारर फिल्म ‘जान–ए–मन’ सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको एक दृश्यमा सलमान युवती बनेका थिए । गुलाबी सर्ट लगाएका सलमान निकै सुन्दर देखिएका थिए । तर शारीरिक बनावटका कारण उनले दर्शकलाई निकै हँसाएका थिए ।
राजकुमार राव (लूडो): सन् २०२० मा रिलिज फिल्म ‘लूडो’मा राजकुमा रावले लेहंगा लगाएर युवतीको अवतारमा देखिएका थिए । लामो कपाल, मेकअप र जुलरीमा राजकुमारलाई चिन्न नै गाह्रो परेको थियो ।
रितेश देशमुख ९अपना सपना मनी–मनी० : अभिनेता रितेश देशमुख पनि ‘अपना सपना मनी मनी’मा युवती बनेका थिए । अभिनेताको गेटअपले कैयौं युवतीलाई पछाडि पारेको थियो । कतिपयले उनको लुक्सलाई स्वेता तिवारीसँग तुलना गरेका थिए ।
आमिर खान (बाजी) : सन् १९९८ को फिल्म ‘बाजी’मा आमिर खानले युवतीको रुप मात्र बनाएनन्, युवतीजस्तै नाँचे पनि । ‘डोले–डोले’ गीतमा उनलाई चिन्न निकै गाह्रो पथ्र्यो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved