आज विश्व क्यान्सर दिवस : सुरुवाती चरणमै रोग पत्ता लागे उपचारपछि निको हुने

  • माघ २१, २०७८ | ५१६ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै  । आज विश्व क्यान्सर दिवस : विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

नेपालमा क्यान्सरको क्षेत्रमा सक्रिय सङ्घ संस्थाले विभिन्न  कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिसा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।

सरकारले क्यान्सर रोग लागेका बिरामीलाई उपचारमा एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ । साथै प्रदेश सरकार र पालिकाले पनि सहुलियत दिन थालेका छन् । क्यान्सर रोग सुरुवाती चरणमै पत्ता लागे उपचारपछि निको हुने डाक्टरले बताउँदै आएका छन् ।

बिरामी भएपछि मात्रै अस्पताल जाने बानीलाई त्यागेर बेला बेला स्वास्थ्य जाँच गर्न पनि डाक्टरको सुझाव छ । क्यान्सर महिला तथा पुरुष दुवैमा देखिन्छ । पुरुषमा फोक्सो, पेट, हड्डी र रगतको क्यान्सर तथा महिलामा मुख्यगरी स्तन क्यान्सर, डिम्बासयको क्यान्सर र पाठेघरको क्यान्सर धेरै देखिने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् । तर रोग लुकाउने गर्दा यो सङ्ख्या अझ धेरै रहेको अनुमान छ । क्यान्सर लाग्नबाट जोगिन रक्सी, चुरोट, गुड्खा, चिल्लो, बोसोयुक्त खानेकुरा नखान तथा शारीरिक व्यायाम गर्न डाक्टरको सुझाव छ । 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब