काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सोमबार बालुवाटाररमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् अघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो । निर्वाचन आयोगकै सुझावअनुसार नै मिति घोषणा भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।
“निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउन सात दिनको समय चाहिन्छ भन्ने हाम्रो सुझाव थियो । तपाईंहरुकै सुझावअनुसार गर्दा के हुन्छ भनेर सोधिएको थियो । ९३ दिन बाँकी रहन्छ हामी गर्न सक्छौं भन्यौं,” थपलियाले मिडियासँग भने ।
स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद जेठ ५ गते सकिँदै छ । यसअघि सरकार र आयोगबीच जेठ ४ मा निर्वाचन गर्ने सहमति जुटेको थियो । तर, त्यसअगावै निर्वाचनको मिति घोषणा भएको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved