सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी

  • माघ २५, २०७८ | १,७०७ पटक पढिएको | सीमा संदेश
alt

बाँके । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ ।

शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन् । आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन् । शाहीको जाहेरी दर्ता भइसकेको छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भन्नुभयो–‘सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दैछौं, मंगलबार यस बारेमा अरु प्रक्रिया अघि बढ्छ ।’

सांसद बानियाँ र ती शिक्षिकाका बीचमा लेनदेनको विषय पनि रहेको बुझिएको छ । बानियाँले २५ लाखको चेक दिए पनि पछि खोसेर लगेको उनले बताएकी छन् । त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरेको उनको दावी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकीे छ । ‘दुई पटक बलात्कार, त्यो पनि कण्डम लगाएर’ भन्दा प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन् ।

महिलाले बताए अनुसार, आफू माओवादी केन्द्र समर्थित शिक्षक संगठनको नेतृ रहेको र काठमाडौंमा आफूले गरेको भाषणबाट बानियाँ प्रभावित भएपछि चिनजान भएको थियो । सांसद बानियाँलाई फोन सम्पर्क गर्दा ‘कल फरवार्ड’ गरिएकाले सम्पर्क हुन सकेन । प्रहरी अधिकृतसँग दिउँसो सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएको बुझिएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब