शिर छेदन गरेर मृत्युदन्ड दिइनुअघि जेलरकी दिष्टिविहीन छोरीलाई पत्र पठाएका थिए भ्यालेन्टाइनले

  • फागुन २, २०७८ | ९६० पटक पढिएको | सीमा संदेश
alt

आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ । 

रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदन्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न  देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउँछन् । भ्यालेन्टाइन डेको पछाडि दुःखद इतिहास लुकेको छ ।

सन् २७० मा रोमका शासक क्लउडिअस द्वितीय थिए । उनको शासन कालमा रोमनमा विभिन्न अलोकप्रिय र नरसंहार अभियान चलाइएका थिए । त्यसका लागि उनले सेनालाई एउटा मजबुत अंग बनाउने निधो गरे । ठूलो संख्यामा सेनामा माग भए पनि मानिसहरु अनिच्छुक देखिए । आफ्ना पत्नी र परिबारप्रतिको आशक्तिका कारण रोमनी पुरुष सेनामा भर्ती हुन अनिच्छा देखाएको उनले निस्कर्ष निकाले ।
 
बिहे गरेपछि पुरुषको शक्ति नस्ट र बुद्धि भ्रष्ट हुने उनको मान्यता थियो । त्यसैलाई आधार मान्दै सन्की शासकले रोममा सम्पूर्ण विवाह र इन्गेजमेन्टमा रोक लगाए । क्लउडिअस घोषणाले सन्त भ्यालेनटाइनलाई असह्य भयो । उनले क्लोडियसको विरोध मात्र गरेनन्  युवा प्रेमी प्रेमिकालाई गोप्य रुपमा विवाह गर्न उक्साए ।
 
उनको उक्साहटको पछि लागेर सेनालगायत केहीले विवाह गरे । सर्वसाधारण भड्काएको आरोपमा क्लउडिअसले भ्यालेन्टाइनलाई पक्राउ गर्न आदेश दिए । पक्राउको केही दिनमा नै उनलाई फाँसी सजाय सुनाइयो ।
 
आदेश पाएको केही दिनमै भ्यालेन्टाइनले कारागारका जेलरकी दृष्टिविहिन छोरीलाई एउटा प्रेम पत्र लेखेका थिए । पत्रको अन्तमा उनलाई सम्बोधन गर्दै  फ्रम योर भ्यालेन्टाइन लेखेका थिए । मृत्यु हुनु केही घन्टाअघि उनले जेलरलाई भनेका थिए, ‘म मरेपछि मेरा आँखा दृष्टिविहिन छोरीलाई दिनु ।’
 
अन्ततः१४ फेब्रुबरीमा भ्यालेन्टाइनलाई शिर छेदन गरेर मृत्युदण्ड  दिइएको थियो । उनको सम्झनामा सोही समयदेखि विश्वभरका उनका अनुयायीले भ्यालेन्टाइन डे मनाउन थालेका थिए ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब