राखीको पति बिग बोसबाट सार्वजनिक, शोलगत्तै डिभोर्स

  • फागुन ६, २०७८ | ७६० पटक पढिएको | सीमा संदेश
alt

ड्रामा क्विनको उपनामले चर्चित बलिउड अभिनेत्री राखी सावन्तले आफ्नो पति रितेश सिंहका साथ अलग भएको खुलासा गरेकी छन्। उनले भारतीय अनलाइन ई–टाइम्ससँगको कुराकानीमा अलग हुने फैसला आफ्नो नभई पतिको भएको बताएकी छन्।

सन् २०१९ मा नै विवाह गरे पनि राखीले पतिलाई मिडियामा भने सार्वजनिक गरेकी थिइनन्। केही समयअघि चर्चित रियालिटी शो बिग बोसमा भाग लिएकी राखीले उक्त शोमार्फत पहिलोपटक रितेशलाई सार्वजनिक गरेकी थिइन्। बिग बोसबाटै चर्चामा आएको यो जोडीको सम्बन्धमा त्यसपछि नै समस्या शुरु भएको समाचारमा उल्लेख छ।

‘केही हप्ताअघि बिग बोसमा भाग लिएर आएपछि हामी मुम्बईस्थित घरमा एकसाथ बस्दै आएका थियौँ। केही कुरामा मतभेद भए पनि हामी यसलाई सुल्झाउने प्रयासमा थियौँ। तर, हालै उसले आफूले पहिलो पत्नीलाई डिर्भोस नदिई मसँग विवाह गरेको कारण कानुनी समस्यामा रहेको र अब मेरो साथ बस्न नचाहने बताउँदै आफ्नो सामान प्याक गरेर घरबाट निस्कियो’ राखीले भनेकी छन्–‘मैले र मेरी आमाले उसलाई रोक्ने प्रयास गर्यौ। तर उसले हाम्रो कुरा सुनेन।’

राखीले आफू बिग बोसको घरबाट निस्किने बेला मात्र रितेशको पत्नी तथा एक बच्चा रहेको थाहा भएको बताएकी छन्। ‘म उसलाई निकै माया गर्थें, तर मलाई पछि मात्र थाहा भयो की उसको श्रीमती र बच्चासमेत छ। म एक महिला र बच्चाको साथ अन्याय गर्न सक्दिनँ। यस कारण पनि अब ऊ मसँग छैन भन्ने सत्यता स्विकार गरेकी छु’ राखीले भनेकी छन्।

राखीले आफूले रितेशसँग कानुनी रूपमा भने विवाह नगरेको बताएकी छन्। साथै, अब रितेशले आफ्नो परिवारलाई ध्यानमा राख्नुपर्ने भन्दै नयाँ जीवनको लागि शुभकामना दिएकी छन्।

विवाह र प्रेमलाई हल्कारूपमा नलिने बताउने ४२ वर्षीया राखी प्रेम सम्बन्ध तथा विवाहका कारण यसअघि पनि चर्चामा आएकी थिइन्। तीन वर्षसम्म नर्तक अभिषेक अवस्थीका साथ प्रेममा रहेकी राखीले सन् २००९ मा एनआरआई इलेश पारुजनवालका साथ इन्गेजमेन्टसमेत गरेकी थिइन्। तर, विवाह नभएपछि पैसाका लागि इन्गेजमेन्ट गरेको भन्ने आरोप लागेको थियो।

त्यस्तै, सन् २०१८ मा राखीले दीपक कलाल नामक व्यक्तिसँग विवाह गर्ने घोषणा गरेर कार्डसमेत छपाएकी थिइन्, तर उक्त विवाह पनि नभएपछि यो कुरा पब्लिसिटी स्टन्टमा मात्र सिमित भएको थियो।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब