नेपाल-भारत जमुनाह नाका आजदेखि ६० घण्टा पूर्णरुपमा बन्द

  • फागुन १३, २०७८ | ६५१ पटक पढिएको | सीमा संदेश
alt

नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाहनाका आज (शुक्रबार) साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।

भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।

निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एकसाता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ ।

आपात्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब