पञ्जावमा केजरीवालको चमत्कारः आप ९० सिटमा अगाडि

  • फागुन २६, २०७८ | ७३४ पटक पढिएको | सीमा संदेश
alt

अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी ९आप० पञ्जावमा विस्तार भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा लगातार दुई कार्यकाल सरकार चलाइरहेको केजरीवाल यसपटक पञ्जावमा चमत्कार गरेका हुन् ।

पञ्जाव विधानसभाको जारी मतगणनामा आपले दुई तिहाइ भन्दा बढी सिटमा अग्रता लिइरहेको छ । सन् २०१७ को निर्वाचनमा जम्मा २२ सिट जितेको आपले यसपल्ट सयको हाराहारीमा जित्ने संकेत देखाएको छ ।

प्रारम्भिक मत गणनामा ९० सिटमा आपको अग्रता रहेको छ । सन् २०१७ मा ७७ सिटसहित सरकार बनाएको भारतीय कांग्रेस भने यसपल्ट नराम्ररी पछारिएको छ। कांग्रेसले जम्मा १३ सिटमा अग्रता लिइरहेको छ ।

केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपाको गठबन्धन एनडिए जम्मा ५ सिटमा अगाडि छ । पञ्जावमा आपले जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छनोट गरेको थियो ।

‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् राय मागेको थियो । ९३ प्रतिशतले भागवान्त मनलाई मुख्यमन्त्री बनाउनुपर्ने मत प्रकट गरेका थिए । अभियानमा २२ लाखको हाराहारीमा जनता सहभागी थिए ।

सन् २०१४ देखि लोकसभा सदस्य रहेका उनी २०१९ मा पञ्जाबबाट लोकसभा चुनाव जित्ने एक मात्र आप उम्मेदवार हुन् ।पञ्जावमा आपको उदयसँगै भाजपा र भारतीय कांग्रेसको विकल्पका रुपमा आप अघि बढ्न थालेको विश्लेषण भइरहेको छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब