बजार अनुगमन नाम मात्रैको, मूल्यवृद्धि ६ प्रतिशत नजिक

  • फागुन २८, २०७८ | ९२० पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार माघमा मूल्यवृद्धिदर ६ प्रतिशत नजिक पुगेको छ । दाल तथा गेडागुडी, तरकारी, घिउ तथा तेलको मूल्य उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

तराई मधेसको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ । सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भए पनि तराईमा मूल्यवृद्धि धेरै भएको पाइएको हो । तराईपछि काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा मूल्यवृद्धि धेरै रहेको राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गएको माघ मसान्तसम्म काठमाण्डौ उपत्यकाका बासिन्दाले ५ दशमलव ४७ प्रतिशत र तराईका बासिन्दाले ६ दशमलव ५० प्रतिशत मूल्यवृद्धि खेपिरहेका छन् । यस्तै पहाडका बासिन्दाले ५ दशमलव ३२ प्रतिशत र हिमालका बासिन्दाले ५ दशमलव ९७ प्रतिशत मूल्यवृद्धि खेप्नुपरेको छ ।

इन्धनको मूल्य लगातार बढेकाले उत्पादन लागतदेखि वितरणसम्मको खर्च पनि बढेकाले मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । तर कतिपय वस्तुमा व्यापारीले आफूखुशी मूल्य बढाउने गरेका उपभोक्ताको गुनासो छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन शाखाका निर्देशक हरि पङ्गेनीले कृत्रिम मूल्यवृद्धि गर्नेलाई अनुगमन गरेर कारबाही हुने बताउनुभयो ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब