मधेसमा बेरुजु फर्स्योटप्रति बेवास्ता,कुन मन्त्रालयको कति वेरुजु

  • चैत ४, २०७८ | ४८३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम।आर्थिक कार्यविधि ऐनविपरीत खर्च गर्दा मधेस प्रदेशमा बेरुजुको चाङ लागेको छ। महालेखा परीक्षकको प्रतिवेदनले अर्बौं बेरुजु देखाएको भए पनि सरकारले असुल गर्न सकेको छैन। सरकार आफैंले बनाएको कार्यविधि पालना गराउन नसक्दा आर्थिक अनियमितता बढ्दै भएको छ। २०७५/७६ मा यहाँ १ अर्ब ९९ करोड ८ लाख रुपैयाँ बेरुजु थियो। २०७६/७७ मा ३ अर्ब ६८ करोड ९२ लाख १७ हजार पुगेको छ।

मधेस प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ को दफा २ (ब) ले रित नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको कारोबारलाई बेरुजु भनेको छ। सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार विकास मन्त्रालयको १ अर्ब १ करोड ५३ लाख ९३ हजार छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको १९ करोड २८ लाख ५९ हजार, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको २२ करोड ४७ लाख ८५ हजार, सामाजिक मन्त्रालयको ८ करोड १ लाख ३२ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ करोड ५१ लख ५५ हजार र प्रदेश व्यवस्थापिका संसद् सचिवालयको ३ करोड १६ लाख ८३ हजार बेरुजु छ।

२०७६/७७ मा मात्र मन्त्री, सांसद र कर्मचारीले लगेको ३९ करोड ३८ हजार पेस्की फर्स्योट हुन बाँकी छ। १६ करोड ६५ लाख असुल उपर गर्नुपर्ने महालेखाको प्रतिवेदनले देखाएको छ। प्रदेश आर्थिक कार्यविधि ऐनअनुसार बेरुजु फर्स्योट गर्ने जिम्मेवारी सम्बन्धित लेखाउत्तरदायी अधिकृतको हुन्छ। तर, कर्मचारी अभाव र भएका कर्मचारीमा पनि आर्थिक अनुशासन कम हुँदा बेरुजुको समस्या बढ्दै गएका प्रदेशका कोष तथा लेखा नियन्त्रक प्रमुख राधेश्याम गिरी बताउँछन्। ‘कर्मचारीहरू नयाँ छन्। उनीहरूलाई नियम, कानुनबारे ज्ञान छैन।

कतिपय स्थानमा संस्थागत कमी, कमजोरी पनि छ,’ गिरीले भने, ‘बेरुजु बढ्नुको कारण कर्मचारी र संस्थामा आर्थिक अनुशासन नहुनु नै हो।’ दण्ड जरिबाना गरेर भए पनि बेरुजु असुल उपर गर्नुपर्ने मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको भनाइ छ। ‘बेरुजुको बढ्दो अवस्थाले आर्थिक अनुशासनहीनतालाई प्रष्ट गर्छ,’ झा भन्छन्, ‘समयमै यी रकमको फर्स्योट र बेरुजु रोक्न सरकारले पहल गर्नुपर्छ।’

प्रदेशमा भने बेरुजु असुल उपर गर्ने निकाय छैन। त्यसले पनि नियमनमा समस्या भएको हो। ‘यो निकै नै जटिल विषय हो। बेरुजु बढ्नु नै आर्थिक अनुशासनमा कमी आउनु हो,’ अर्थमन्त्री शैलेन्द्रप्रसाद साह भन्छन्, ‘प्रदेशस्तरमा बेरुजु फर्स्योट गर्ने निकाय गठन गरेर चाँडै नै यो समस्या समाधानको बाटो खोल्छौं।’

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब