बेरुजु भएका विद्यालयलाई अनुदान नदिइने

  • चैत ६, २०७८ | ७५७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी बेरुजु राख्ने विद्यालयको सूची वेवसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।

त्यस्तै बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्यौट नगरेसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदान कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको छ । बेरुजु भएका विद्यालयका प्रधानाध्‍यापकहरुलाई बेरुजु फर्छ्यौट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न पनि केन्द्रले निर्देशन दिएको छ ।

समग्रमा १८/१९ हजार विद्यालय भवन निर्माणको रकम बेरुजु रहेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका लेखा नियन्त्रक विनोद गेलालले अनुमान गरे । यद्यपि यो अनुमानित भएकाले यकिन तथ्यांक लिन जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिइएको उनले बताए ।

‘अहिले केन्द्रमा तथ्याङ्क छैन । त्यसैले समन्वय इकाइलाई आफ्नो जिल्लाको पहिलेको र अहिलेको बेरुजुको अवस्था कस्तो छ । सार्वजनिक गर भनेका छौं । त्यसले फर्छ्यौट गर्न दबाब पनि हुन्छ भन्ने हिसाबले सूचित गरेका हौं ।’

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब