म्यादी प्रहरीको चालीस दिन ‘सरकारी जागिर’ खान दिनभर ठेलमठेल

  • चैत ७, २०७८ | ५४५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ०७ चैत । २ हजार ३ सय ३१ पदका लागि आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सिरहा अगाडिको भीडले सिरहा सदरमुकाम बजार आएका सबैको ध्यान खिच्यो। टन्टलापुर घाममा करिब ७ घन्टा उभिएपछि उनी घरतिर लागे। ‘आइतवार पालो आउने भएन, भोलि बिहानै आउनुपर्ला,’ संतोष कुमार यादबले भने, ‘हाम्रो देशमा सबैको अवस्था उस्तै छ, जागिर पाइन्छ भनेपछि लाइन बस्न मन त लागिहाल्छ ।’

२० वर्षका उनले ३० दिनकै भए पनि काम पाउन पाए केही पढाई खर्च जुट्ने बताए। आइतबार जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लामो लाइन लागेको थियो। यो लाइनमा अधिकांश युवा थिए। केही अधवैंशे र दूधे बच्चा काखमा च्यापेका महिला पनि लाइनमा थिए। प्रहरी कार्यालयको गेट भित्र पस्न उनीहरू ठेलमठेल गरिरहेका थिए। ‘जागिर खोज्दै थिएँ, प्रहरी कार्यालयमा म्यादी प्रहरी मागेको विज्ञापन देखेर बिहानै आएको,’ लाइनमा उभिएका ४५ वर्षीय संजय यादबले भने, ‘सामान्य कृषिको काम गर्दै आएको थिएँ, केही दिन भने पनि सरकारी जागिर पाइन्छ कि भन्ने आशाले यहाँ ल्याइपु¥यायो।’

तीन वर्षीय छोरा काखमा च्यापेकी एक महिला केही घन्टादेखि छाता ओढेर लाइनमा बसिरहेकी थिइन्। अर्को सालबाट त यसलाई पनि पढाउनुपर्छ। ३०–४० हजार आयो भने पनि धेरै हुन्थ्यो भनेर आएको,’ नाम नलेखिदिन आग्रह गर्दै ती महिलाले भनिन्, ‘राजनीतिक पार्टीहरूले आफ्ना मान्छेलाई मात्रै जागिर लगाउँदैछन् भन्ने हल्ला पो सुन्दैछु।’ 

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि सरकारले देशभरबाट म्यादी प्रहरी मागेको छ।  सोही सूचनाका आधारमा आइतबार पहिलो दिनमै हजारौं मान्छेहरू प्रहरी कार्यालय अगाडि लामबद्ध भएका हुन्। म्यादी प्रहरीका लागि १८ वर्षदेखि ५४ वर्षसम्मका नेपाली नागरिकले निवेदन दिनसक्ने प्रहरीले जनाएको छ। चैत ११ गतेसम्म निवेदन दिन सकिनेछ।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ। म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब