शुक्रबारदेखि एसईई परीक्षा : ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुने

  • वैशाख ४, २०७९ | ४५४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ ।

शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलेको जस्तै एसईई सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

‘केन्द्राध्यक्ष नियुक्त गरेर प्रशिक्षणको काम भइरहेको छ,’ उनले भने । परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुनेछन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए । ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् ।

गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । ‘प्रश्नपत्र केन्द्रले तयार पारेर जिल्लामा पठाएको छ, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणको काम प्रदेशको समन्वयमा हुन्छ,’ उनले भने, ‘प्रदेशले विद्यार्थीको प्राप्तांक पठाएपछि रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्छ ।’

साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको उनले बताए । ‘विगतमा भन्दा एक महिना ढिला परीक्षा सुरु हुन लागेको छ तर पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रमा असर नपुगोस् भनेर सचेत छौं,’ उनले थपे ।

गत वर्ष शैक्षिक सत्रको सुरुवातमा कोरोना महामारीको तेस्रो लहरले पठनपाठन प्रभावित भएकाले चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा/भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

एसईईको नतिजा मुलुकभर एकैपटक सार्वजनिक गर्ने वा प्रदेशगत रूपमा गर्ने भन्ने निष्कर्षमा पुगिनसकेको बोर्डका अध्यक्ष शर्माले जनाए । ‘कुनै प्रदेशले चाँडो उत्तरपुस्तिका परीक्षण गरेर पठाउँछ भने पहिल्यै नतिजा प्रकाशन गर्न पनि सकिन्छ,’ उनले भने, ‘अहिलेसम्म एकै पटक नतिजा सार्वजनिक गर्ने प्रचलन रहेकाले के गर्ने निर्णय भइसकेको छैन ।’

प्रदेशले परीक्षा सञ्चालनपछि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर बोर्डले पठाउने जिम्मेवारी दिएको छ । प्रदेशले बोर्डको प्रदेश कार्यालयको समन्वयमा परीक्षाका काम गर्नेछन् ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब