आगलागी हुँदा एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु

  • वैशाख १०, २०७९ | ४३६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जुम्लाको तिला गाउँपालिका ३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र ‍१ वर्षीय दिपेश सार्की रहेका छन् ।

स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति ११ बजेर २० मिनेटमा आलगागी भएको थियो । मृत्यु हुनेहरुमा तीन जना मानसिंहका छोराछोरी हुन् । १४ वर्षीया तिर्सना भने मानसिंह सार्कीकी भान्जी हुन् ।

चार दिनअघि उनी मामाको घरमा आएकी थिइन् । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

आगलागीबाट तीन तला घरको दुई तला पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । मानसिंहको परिवार राति कामको लागि घर बाहिर निस्केको र घरमा फर्कँदा आगो लागेर घर जलिरहेको देखेको प्रहरीले जनाएको छ ।

घटनापछि मानसिंह सार्की, फागुनी सार्की र मानसिंहकी बहिनी रुन्चकली सार्की बेहोस अवस्थामा छन् । उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई सहितको टोली पुगेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब