सिरहा : एसइई परीक्षामा अमर्यादित गतिविधि गर्ने ८५ परीक्षार्थी निष्कासित

  • वैशाख ११, २०७९ | ७६९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । एसइई परीक्षाको दोस्रो दिन सिरहाका विभिन्न परीक्षा केन्द्रमा अनिवार्य गणित विषयको परीक्षामा सहभागी ८५ परीक्षार्थी निष्कासित भएका छन्। परीक्षा अनुमगन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको अनुगमन टोलीले अमर्यादित गतिविधि गरेको भेटेपछि उनीहरूलाई निष्कासित गरेको हो।

प्रजिअ कवारी नेतृत्वको टोलीले सिराहाको लहान नगरपालिका– २० मा रहेको माध्यमिक विद्यालय हनुमाननगर ब्रह्मान गोर्छारी सेन्टरका १९ परीक्षार्थीलाई निष्कासन गरेको छ। सोही नगरपालिकाको वडा नम्बर– १४ मा रहेको बस्तीपुर उच्च माध्यमिक विद्यालयबाट ३५ र लहान नगरपालिका– ११ मा रहेको माध्यमिक विद्यालय पडरीया थारुटोल सेन्टरबाट २६ विद्यार्थी निष्कासित भएका छन्।

टोलीले परीक्षा अमर्यादित रूपमा सञ्चालन भइरहँदा पनि बेवास्ता गरेको भन्दै केन्द्राध्यक्षहरूलाई पनि हटाउने तयारी गरेको जनाएको छ। मावि पडरीयाका केन्द्राध्यक्ष रामसेवक यादव, बस्तीपुरका देवेन्द्र यादव र ब्रह्मान गोर्छारीका राजेन्द्र यादवलाई हटाउने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइ सिराहाका इकाइ प्रमुख रामवृक्ष महतोले जानकारी दिए। 

अनुगमन टोलीमा प्रजिअ कवारीसँगै नेपाल प्रहरीका एसपी अर्जुनप्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी बलका एसपी रमेशकुमार थापा, राष्ट्रिय अनुसन्धान विभाग सिराहाका कार्यालय प्रमुख तुलसीराम प्रसाईं, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता लगायत सहभागी थिए।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब