बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गरिँदै

  • वैशाख १७, २०७९ | ६६२ पटक पढिएको | सीमा संदेश
alt

किभ । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना वृद्धि भएपछि दातृ संस्थाहरू त्यहाँका अस्पतालहरूमा आपत्कालीन गर्भनिरोधक चक्की उपलब्ध गराउन लागिपरेका छन् । 

रुसी आक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकका विभिन्न क्षेत्रमा झण्डै ३ हजार प्याकेट ‘मर्निंग–आफ्टर पिल्स’ पठाइएका छन् । इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसन (आइपीपीएफ) ले उपलब्ध गराएका खाने गर्भनिरोधक चक्की स्वयंसेवकहरूले वितरण गरिरहेका छन् । 

यस कार्यमा संलग्न समूहका क्यारोलिन हिक्सनले यी पिल्सहरू कहिले वितरण गन्छिन् भन्ने सही समय वास्तवमा निकै महत्वपूर्ण हुने बताउँछिन् । उनले बीबीसीलाई भनिन्, “पाँच दिनको अवधिमा यो चक्की खाइयो भने गर्भाधारण रोक्न प्रभावकारी हुन्छ । यदि कोही लैङ्गिक हिंसाको सिकार भएका छन् भने सकेसम्म छिटो यो चक्की सेवन गर्नुपर्दछ किनभने बलात्कारको कारण गर्भवती बन्नु अभिशाप जस्तै हुन्छ ।” 

यो चक्की गर्भाधारण भएको २४ साता सम्म प्रयोग गर्न सकिन्छ । हिक्सनले सहमतिमै यौन सम्पर्क भएपनि गर्भवती हुने समय उपयुक्त भइनसकेको जस्तो लागेको अवस्थामा पनि उक्त चक्की प्रयोग गर्न सकिने बताइन् ।  युक्रेनमा संयुक्त राष्ट्र संघको जनसङ्ख्या कोषले पनि मातृत्व सम्बन्धी आवश्यक औषधि उपलब्ध गराइरहेको छ ।   

बीबीसीबाट । 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब