मंकिपक्स भाइरल इन्फेक्सनबाट सचेत रहन आग्रह

  • जेठ ११, २०७९ | ५९८ पटक पढिएको | सीमा संदेश
alt

गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सतर्क रहन सुझाव दिइएको छ ।

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, संयुक्त राज्य अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मन्किपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केसहरू भेटिएका छन् । पोर्चुगल, स्वीडेन, नेदरल्याण्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमितहरु भेटिएका छन्।

डा सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए । ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको  छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरु हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिदै जान्छ । त्यसपछि रेसाहरु पानी भरिएको फोकामा परिणात हुन्छन् ।  मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७ – १४ दिन हुन्छ। मंकिपक्सको लागि अहिलेसम्म कुनै विशेष उपचार छैन । तर मंकिपक्सका धेरै केसहरू हल्का र आत्मसीमित हुन्छन् । यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ । तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकाहरूलाई मंकिपक्सले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । जसले मृत्यु समेत हुन सक्छ ।

बिफरविरुद्धको खोप मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ। यद्यपि त्यस्ता खोपहरू आपूर्तिमा सीमित छन् र थोरै देशहरूमा मात्र उपलब्ध छन्। अन्य भाइरल रोगहरूको लागि काम गर्ने एन्टिभाइरल औषधिहरूले पनि मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ।

यसअघिको तथ्यांकले संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको देखाएको छ। मंकिपक्स सन् १९७० मा पहिलो पटक  देखापरेको थियो र त्यसपछि यो रोग लाग्ने १० मध्ये १ जनामा मृत्यु भएको देखाइएको छ।  प्रारम्भिक खोजमा बाँदरबाट यो भाइरस भेटिएकाले यसको नाम मन्कीपक्स राखिएको हो ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब