बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज

  • जेठ २७, २०७९ | ४३६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं ।  कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने भएको छ । बालबालिकालाई बुस्टरडोज खोप लगाउँदा फरक फरक खोपको मात्रा पनि फरकफरक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फाइजर खोप बुस्टर लगाउँदा शून्य दशमलव ३ एमएल र मोर्डना खोप लगाउँदा सून्य दशमलव २५ एमएल दिनुपर्ने मन्त्रालयले जनाएको छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज लगाउन कोभिडको दोस्रो मात्रा खोप लगाएको तीन महिना पुग्नुपर्ने बताउनुभयो ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले बुस्टर डोज खोप लगाइसक्दा आगामी असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप दिने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको हो ।

पहिलो चरणमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने र दोस्रो चरणमा ५० जिल्लामा खोप अभियान सञ्चालन गरिने भएको छ । २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने भएको छ । त्यस्तै, ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बाग्लुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा बालबालिकालाई खोप अभियान सञ्चालन गरिने बताइएको छ ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब