काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेको भनिए पनि यो भ्रमण सत्ता गठबन्धनको निरन्तरतासँग समेत जोडिएको विश्लेषण गरिएको छ।
तीन दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर, विदेशसचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डनलगायतसँग भेटवार्ता गर्ने तयारी छ । सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ आरजु राणा पनि भारतमै रहेका बेला हुन लागेको प्रचण्डको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै प्रचण्ड भारत भ्रमणमा जान लागेकाले पनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने झन्डै डेढ महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय क्वात्राले प्रचण्डलाई उपयुक्त समयमा भ्रमण गर्न निम्तो दिनु भएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved