वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेटमा भारत विजयी

  • साउन २३, २०७९ | ४१२ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट भारतले जितेको छ । वेस्ट इन्डिजको सेन्ट्रल ब्रोवार्ड पार्कमा गएराति भएको खेलमा भारत ८८ रनले विजयी भएको हो ।

यो सँगै भारतले शृङ्खला ४–१ ले जितेको छ । जितका लागि भारतले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५ ओभर ४ बलमा १ सय रनमै समेटियो । वेस्ट इन्डिजका लागि शिमैन हेटमायरले अर्धशतकीय पारी खेले । उनले ५६ रन बनाए भने शम्राह ब्रुक्सले १३ र डेभन थोमसले १० रन जोडे ।

भारतका लागि रवि विश्रोइले ४ विकेट लिए । यस्तै, कुलदीप यादव र अक्षर पटेलले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । भारतका लागि श्रेयस ऐरले ६४ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, दीपक होडाले ३८, हार्दिक पाण्डेले २८ र इशान किशनले ११ रन जोडे । वेस्ट इन्डिजका ओडेन स्मिथले ३ विकेट लिए भने जेसन होल्डर, डोमिनिक ड्रेक्स र हायडन वेल्स जुनियरले एक/एक विकेट लिए ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब