राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत ‘स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर हुन्छ’

  • साउन २४, २०७९ | ३७२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर हुने बताउनुभएको छ । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उहाँले यसो भन्नुभएको हो ।

विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित समयावधिको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रघातीले प्रमाणीकरण गर्नुहुन्न भन्दै शीतल निवासमा दिनहुँजस्तो नागरिक समाजका तर्फबाट टोलीहरू पुगिरहेका छन् । सोमबार राष्ट्रपति कार्यालय पुगेको नागरिक समाजको टोलीसँग कुरा गर्दै राष्ट्रपतिले भन्नुभयो– ‘राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुपर्छ ।’

क्षेत्री समाजका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्रीको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेक प्रमाणीकरणका लागि आफूकहाँ आइसकेको जानकारी पनि दिनुभयो ।उहाँले भन्नुभयो– ‘नागरिकता विधेयक प्रमाणीकरणको लागि मकहाँ आएको छ । यसबारे धेरै बोल्दिनँ, मैले पाएको अधिकारभित्र रहेर काम गर्नेछु ।’ नागरिकता विधेयक फिर्ता गर्नेतर्फ संकेत गर्दै भण्डारीले इतिहासमा समेत सच्याउन नसकिने गरी काम गर्नुहुँदैन ।

उहाँले मिचिएको भूमि फिर्ता गर्नतर्फ भन्दा पनि अथवा नक्सामा जारी भएको जमिन फिर्ता गर्नतर्फ भन्दा पनि नागरिकता विधेयकमा मात्रै अल्झनुले नेतृत्वको नैतिकतामा समेत प्रश्न उठ्न थालेको आशय प्रकट गर्नुुभयो । उहाँले भन्नुभयो– ‘इतिहासमा कसरी बाटो बिरिएको छ भनेर ख्याल गर्नुपर्छ र त्यस इतिहासलाई सच्याएर अघि बढ्नुपर्छ । उहाँले इतिहासमा भुल गर्दै जाँदा कमजोर भएको प्रसंग जोड्दै अब भुल गर्न नहुने धारणासमेत राख्नुभयो ।शीतलनिवास पुगेको टोलीसँग राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा नागरिक समाजभन्दा बढी आफू चिन्तित भएको धारणा राख्नुभयो । विधेयकका बारेमा केही प्रतिक्रिया नदिने बताउनुभएकी भण्डारीले भने घुमाउरो शैलीमा विधेयक फिर्ता जान सक्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा यहाँले जुन चिन्ता व्यक्त गर्नुभएको छ यसमा म गम्भीर छु ।’

क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल र ठकुरी समाज महासंघ नेपालको संयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्र लिएर पुगेको टोलीको ज्ञापन पत्र भने राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले बुझ्नुभएको थियो । ज्ञापनपत्र बुझ्दै ढकालले प्राप्त भएको ज्ञापनपत्र राष्ट्रपतिलाई बुझाउने बताउनुभयो ।ज्ञापनपत्र लिएर पुगेका ठकुरी समाज महासंघ नेपालका अध्यक्ष खिमबहादुर शाहीले हाल जारी हुन लागेको नागरिकता विधेयक राष्ट्रघाती भएको हुँदा कुनै पनि हालतमा फिर्ता गर्न राष्ट्रपतिसमक्ष आएको धारणा राख्नुभयो ।

त्यस्तै, क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्रीले हाम्रै नागरिक अरू देशमा गए उनीहरूले त्यस देशको नागरिकता पाउन वर्षौं कुर्नुपर्ने तर हाम्रो देशमा प्रवेश हुनासाथ नागरिकता दिनुपर्ने गरी संशोधित नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको धारणा राख्नुभयो । उहाँले यो विधेयक देशका नागरिकको हितमा भन्दा पनि विदेशीको इशारामा ल्याउन लागिएको आरोपसमेत लगाउनुभयो ।

के छ नागरिकता संशोधन विधेयकमा

संविधान जारी (२०७२ असोज ३) अघि जन्मेको व्यक्तिले जन्मको आधारमा नेपाली नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजको नागरिकता पाउनेछन् । विधेयकमा बाबुको पहिचान नभएको तर नेपाली नागरिक महिलाबाट जन्मेको सन्तानले पनि वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ ।

तर, त्यसका लागि नेपाली नागरिक आमाले बाबुको पहिचान हुन नसकेको स्वःघोषणा गर्नुपर्नेछ । वैवाहिक अंगीकृत नागरिकताका लागि यसअघि समयसीमा थिएन तर यो देशको लागि घातक हुने भन्दै पटकपटक समयसीमा राख्नुुपर्ने आवाज उठे पनि यसको सुुनुुवाइ भएन ।

विधेयकमा गैरआवासीय नेपालीलाई पनि राजनीतिक अधिकारबाहेकका अधिकार हुने गरी नागरिकता दिने व्यवस्था गरिएको छ । सार्क मुलुकबाहेक अन्य देशमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक र सामाजिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब