बालेनको प्रतिक्रिया – ‘यो अत्ति भयो, कानुनी राज्य यस्तो हुँदैन’

  • साउन २८, २०७९ | ४९९ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेट्नुभएको छ । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेट्नुभएको हो ।

साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले न्याय दिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेख्नुभएको छ, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

आफू बलात्कारमा परेको भन्दै निहारिकाले न्याय मागेर महिनौँदेखि आन्दोलन गर्दै आउनुभएको छ । निहारिकाको छोरी पनि छ तर विवाह नहुँदै बलात्कारमा परेर छोरी जन्मिएको भन्दै उहाँले डीएनए परीक्षणको माग गर्नुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय अघि  शरिरमा पेट्रोल छर्केर आत्महत्या गर्ने कोसिस गरेकी निहारिकालाई प्रहरीले पक्राउ गरेको छ । निहारिकाको अहिले उपचार भइरहेको छ । 

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब