राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

  • भदौ १७, २०७९ | ४१३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै। राष्ट्रिय सभाले नागरिकतासम्बन्धी विधेयक पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्याे प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । 

याे विधेयक यसअघि प्रतिनिधि सभाबाट पनि बहुमतले पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो । राष्ट्रिय सभाले याे विधेयकलाई छलफल गर्नका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पेस भएको थियो । समितिमा दुई दिन छलफल गरेर याे विधेयक जस्ताको तस्तै पारित भएर बैठकमा पेस भएको थियो ।

अब यो विधेयक फेरि प्रतिनिधि सभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको सन्देश प्रतिनिधि सभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्छ । संवैधानिक व्यवस्थाअनुसार पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन । 

 

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब