डेङ्गु नियन्त्रणमा खटिए गोलबजार नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी

  • भदौ २३, २०७९ | ४४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २३ भाद्र। सिरहाको गोलबजार नगरपालीकामा डेङ्गु प्रभावित विरामी फेला परेको सार्वजनिक भएपछि जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुगेका छन्।

डेङगु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयरकन्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरुमा जमेको सफा मानिमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हुन्।

गोलबजार नगरपालीकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले सम्पूर्ण जनप्रनिधी, कर्मचारी, स्थानीय व्यसायी तथा समाजसेवीहरुलाई डेङ्गु नियन्त्रण अभियनमा सघाउन अनुरोध गरे। उनले जनप्रतिनिधी र कर्मचारीबाटमात्र डेङ्गु नियन्त्रण सम्भव नभएको भन्दै यसका सवैको सहयोगको जरुरी रहेको बताए।

थोरै पनि सावधानी अपनाउने हो भने डेङ्गु नियन्त्रण गर्न सजिलो हुने सन्देश दिन आफूहरु जनताको घरदैलोमा पुग्ने गरेको बताए। उनलेभने, ‘हामी पुग्ने मात्र हैन, डेङ्गु सार्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी र त्यसलाई नष्ट गर्ने तरीकाहरु बताउँदै छौं।’

शहर तथा बजार क्षेत्रमा यसको बढी प्रकोप देखिएको हुँदा नगरले बजार क्षेत्रलाई प्राथमिकतामा राखेर अभियान चलाएको जानकारी दिए।

यो अधिमा व्यक्तिका घर, पसल तथा ग्यारेजहरुमा पुगेर डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजेर तीनका लार्भा नष्ट गर्ने काम गरेको नगर स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले जानकारी दिए। उनले डेङ्गुको वासस्थानरहेका ठाउँहरुको पहिचान गरी त्यस्ता थाउँलाई सफा राख्न वा सफा गर्न नसकिने अवस्था रहे त्यहाँ डिजेल, मट्टितेल वा डढेको मोविल हाल्ने सल्लाह सुझाव दिएको बताए।

गोलबजार मा अहिले सम्म १ जनामा डेङ्गु देखा परेको बताइएको छ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब