सशस्त्रका २ जना सई निलम्बित, आचरणविपरीत काम गरेको आरोप

  • कार्तिक १५, २०७९ | ३९० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै दुई जना नायव निरीक्षक (सई) लाई निलम्बन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी र बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्णबहादुर मगरलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

सुवेदीमाथि सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेको आरोप छ ।

यही कात्तिक ४ गते सुवेदीको नेतृत्वको टोली चढेको सशस्त्रको ट्रक बाणगंगा नगरपालिकाको सिउटीमा दुर्घटना भएको थियो । जसमा तीन जना सशस्त्र र एक जना सर्वसाधारणको मृत्यु भएको थियो भने सुवेदीसहित तीन जना घाइते भएका थिए ।

कृष्णबहादुर मगरमाथि भने गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सहायक निरीक्षक सत्य नारायण यादवको घटनाको प्रारम्भि छानबिनमा विभागीय नीति तथा आदेश विपरीत काम गरेको आरोप छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब