सवा १२ करोडको कोकिन र चरेश बरामद, ३ विदेशीसहित ६ जना पक्राउ

  • पुस ८, २०७९ | ४९६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । गत ४ दिनमा १२ करोड २७ लाख ७५ हजार रूपैयाँ बराबरको लागुऔषध प्रहरीले बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले पुस ४ गतेदेखि आजसम्ममा ब्युरोको टोलीले अवैध लागुऔषध कोकिन र चरेशसहित ६ जनालाइ नियन्त्रणमा लिएको हो।

१२ करोडभन्दा बढी मूल्यको लागुऔषध कोकिनसहित २ जना विदेशी महिला पनि पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार युक्रेनकी ३२ वर्षीया दारिया एन्टोनेन्को र थाइल्याण्डकी २५ वर्षीया एरिया फोनक ५ केजी ६ सय ग्राम कोकिनसहित पक्राउ परेका हुन्। उनीहरूबाट बरामद गरिएको कोकिनको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रूपैयाँ रहेको ब्यूरोले जनाएको छ।

युक्रेनी नागरिक दारिया ब्राजिलको रियो द जेनेरियोबाट दुबई हुँदै यही पुस ६ गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी थिइन्। विमानस्थलमा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानी राखेको थियो।

सोही क्रममा ठमेलस्थित एउटा होटलमा उनले ल्याएका २ सुटकेसभित्र फल्स बटम बनाई लुकाइराखेको कोकिन तथा विभिन्न देशको मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा कोकिनसहितको सुटकेस लिन बैंककबाट मलेशिया हुँदै आएकी थाई नागरिक एरिया पुस ७ गते ठमेलकै एक होटलबाट समातिएकी हुन्।

त्यसअघि पुस ४ गते अवैध लागुऔषध ३३ केजी चरेशसहित १ विदेशी र ३ नेपालीलाई पक्राउ गरिएको ब्य‍ुरोले जानकारी दिएको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्ज्याङस्थित सडक किनारबाट सोही ठाउँ बस्ने अल्कबहादुर तामाङ १० केजी चरेशसहित पक्राउ परेका थिए।

उनलाई बा १९ प ३८०४ नम्बरको मोटरसाइकलको पछाडि सिटमा सुटकेसलाई डोरीले बाँधेर बसिरहेको अवस्थामा फेला पारी जाँच गर्दा सुटकेसभित्र चरेश फेला पारेको ब्युरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

उनका अनुसार थप अनुसन्धान गर्दै जाँदा बरामद गरिएको चरेश धादिङबाट काठमाडौंसम्म ल्याउने धादिङ थाक्रे गाउँपालिका-२ का २७ वर्षकी स्यानी चेपाङ र २८ वर्षकी पम्फे चेपाङलाई देउराली भञ्ज्याङस्थित सडक किनारबाट पक्राउ गरिएको हो।

पक्राउ परेका तीनैजनासँग सोधपुछका क्रममा चरेश कारोबारमा संलग्न खरिद तथा संकलन गरी भारतमा निकासी गर्दै आएका भारत कुल्लु मनाली घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ शान्तिचोक बस्दै आएका ६५ वर्षका सराप ग्याल्सेनसमेत पक्राउ परेका हुन्।

उनको कोठाबाट ३ वटा सुटकेसको पिँधमा फल्स बटम बनाएर लुकाई राखेको २३ केजी चरेश भेटिएको ब्युरोले जानकारी दिएको छ। उनको साथबाट डिजिटल तराजु, फल्स बटम बनाउन प्रयोग गरेका औजारसमेत बरामद गरिएको ब्युरोका एसपी खड्काले बताए।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब