माछामार्ने क्रममा पोखरीमा डुवेका सदायको शव भेटियो

  • पुस २९, २०७९ | ४९४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २९ पुस । सिरहामा माछा मार्ने क्रममा पोखरीमा डुवेका युवकको सव १८ घण्टापछि फेला परेको छ। विहिबार अपरान्ह ४ बजे पोखरीमा माछा मार्ने क्रममा चिप्लिएर पोखरीमा डुवेका नरहा गाउँपालिका ३ नभटोली टोलका गणेश सदाको शव शुक्रवार विहान १० बजे फेला परेको हो।

पोखरीमा डुवेको केहीवेरमै प्रहरी र नेपाली सेनाले खोजतलास गरेपनि फेला पार्न सकेको थिएन। आज विहानै विपद व्यवस्थापनको टोली र सशस्त्र प्रहरी गोलबजारको ईन्सपेक्टर सूर्य धमलाको नेतृत्वमा गएको टोलीले शव फेला परेको जनाएको छ।

उद्धार टोलिले खोज्ने क्रममा पोखरीको पश्चिमि किनारमा तैरिरहेको अवस्थामा शव फेला पारेको जनाएको छ।
विहिबार अपरान्ह मलामी गएर घर फर्किदै गर्दा उनी बाटोमै पर्ने पोखरीमा मरेको माछा तैरिएको देखेपछि माछा पकड्न पोखरीमा पस्दा चिप्लिएर लडेका थिए। चिप्लिपएर लडेको केहीवेर पौडने प्रयास गरेपनि उनी फेरी डुवेको पूर्व वडा अध्यक्ष समेत रहेका अनिसुल मियाँले जनाए।

मरेको वस्थामा समेत उनको एकहातमा माछा रहेको छ। शवको प्रकृति हेर्दा उनको हातमा अझै माछा समातिरहेको देखिएको छ । सोही माछा लिएर उनी डुबेका थिए ।

माछामार्ने क्रममा श्रीमती समेत सँगै थिए। सो पोखरीमा तीन दिन पहिला माछमार्न विषहालेको स्थानीयको भनाई छ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब