सिरहाजिल्लाकै पहिलो सफा र स्वच्छ नमुना एवं सुरक्षित खानेपनियुक्त वडा घोषणा

  • माघ ७, २०७९ | ५५९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०७ माघ । पूर्ण सरसफाइ अभियान संचालन गरेर कर्जन्हा नगरपालिकाले सिरहाजिल्लाकै पहिलो सफा र स्वच्छ नमुना वडा एवं सुरक्षित खानेपनियुक्त वडा घोषणा गर्न सफल भएको हो । 

पूर्ण सरसफाइ अभियान अन्तर्गत सिरहा जिल्लाको कर्जन्हा नगरपालिका  वडा नं. १ लाई माघ ६ गते शुक्रवारका दिन एक बिशेष समारोहका बीच पूर्ण सरसफाइ उन्मुख सफा र स्वच्छ वडा एवंसुरक्षित खानेपानियुक्त वडा घोषणा गरिएको छ । कर्जन्हानगरपालिकाकाका नगर प्रमुख एवं MWASHCC अध्यक्ष श्री भोला प्रसाद पोख्रेल ज्युको प्रमुख आतिथ्यमा घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

यसवडामा रहेको ६४० घरधुरीमा पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले निर्देश गरे बमोजिमका शुचकहरुमाकेन्द्रित भई बृहत अभियान संचालन गरि शुचकहरु सुनिश्चित गरिएको थियो  ।

वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, कर्जन्हा वडा नं. १ ले सबै शुचकहरुको स्थलगत अनुगमन गरि प्रमाणीकरण गरेपछिसफा र स्वच्छ नमुना वडा घोषणा गरिएको थियो । 

यसवडाको हरेक घरमा चर्पी बनेकोर चर्पीमा नै दिसापिसाब गर्ने गरेको, हरेक घरमा खानेपानी सम्बन्धि सुरक्षितव्यवहार अपनाएको, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने बानि भएको, खाना सम्बन्धि सुरक्षित व्यवहार अपनाउने गरेको कुरा  वडा नं. १ का वडा अध्यक्ष एवं WWASHCC अध्यक्ष श्री फडिन्द्र पोखरेलले नमुना वडा स्व(घोषणाको क्रममा बताउनु भयो  ।

नगर प्रमुख श्री भोला प्रसाद पोखरेलले सिरह जिल्लाकै पहिलो सफा र स्वच्छ नमुना वडा एवं सुरक्षित खानेपानियुक्त वडा घोषणा गर्न सफल भएकोमा गर्ब महशुस भएको बताउनु भयो र यो पूर्ण सरसफाइको यात्रा निरन्तर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । 

WHH को आर्थिक सहयोगमा सबल नेपालले बिगत ४ चार वर्ष देखि कर्जन्हा नगरपालिका लगायत सिरह र कल्याणपुर नगरपालिकाहरुमा पूर्ण सरसफाइ अभियानमा केन्द्रित भएर कार्यक्रम संचालन गर्दै आइरहेको छ।

WhatsApp Image 2023-01-20 at 6.47.33 PM  

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब