कमला पुल पुनः निर्माणको माँग गर्दै सिरहामा प्रदर्शन

  • माघ १८, २०७९ | ४७८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ माघ। हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माणको माँग गर्दै सिराहामा प्रर्दशन भएको छ। निर्माणको अन्तिम चरणमा पुगेको बेला सामान्य बाँढीले भासिएको पुल पुनः निर्माणको मागगर्दै हुलाकी सडक संघर्ष समितिले दबाबस्वरूप प्रर्दशन गरेको हो।

भासिएको पुल निर्माण रोकिँदा प्रदेश राजधानी जनकपुरधाम जान यस क्षेत्रका नागरिकलाई तीन गुणा लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको संघर्ष समितिका संयोजक रामरिझन यादवले बताए। पुल पुनः निर्माणको लागि रिले अनसन, हुलाकी सडकमा पैदल यात्रा, अन्तक्रिया जस्ता दबाबमूलक कार्यक्रम पटक पटक गर्दै आए पनि सरकारले अझै ध्यान नदिएको संयोजक यादवको भनाइ छ।

कमला नदीमा ११ वर्षअघि २०६८ सालदेखि पुल निर्माण सुरु भएको थियो। पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्सले संयुक्त रूपमा लिएका थिए। तीन वर्षमा सक्नुपर्ने पुल ६ वर्ष भइसक्दा पनि पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न नगर्दा हुलाकी सडक निर्देशनालयले जेभीका अर्का साझेदार लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी दिएको छ।

लुम्बिनी बिल्डर्सले ९५ प्रतिशत काम सम्पन्न गरी पुल उद्धाटनको तयारी गरिरहँदा १९ महिनाअघि २०७८ असार १७ मा बाढीले पाया भासिएको थियो। त्यसको चार महिनापछि अर्को पाया पनि भासियो। जसका कारण सिरहा र धनुषाका जनतालाई आवत जावत गर्न सकस हुने गरेको छ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब