राजदेवी मन्दिरमा चोरी आरोमा पाँच जना पक्राउ

  • फागुन २१, २०७९ | ९०९ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १, रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट भगवानको मुर्तिसहित चाँदीका गरगहना चोरी गरेको आरोपमा पक्राउ परेका पाँचजनालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले शनिबार जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय धनुषमा पत्रकार सम्मेलनको आयोजना गरेरे मन्दिरबाट चोरी भएको सामान, एक थान बन्दुक र घरेलु हतियारसहित उनीहरुलाई सार्वजनिक गरेको हो।

चोरी घटनामा संलग्न रहेको आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ४, का ३० वर्षीय सरिफ मुसलमान, सोही नगरपालिका–५, का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपालिका ४, सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला शाह, सोही नगरपालिका ४, का २२ वर्षीय नर्मुदिन शाह र कमला नगरपालिका ७ हथमुन्डाका २२ वर्षीय रमेशकुमार महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदप्रसाद गौतमले बताए। मन्दिरमा आइतबार राती मन्दिरमा चोरी भएको थियो।

प्रहरीका अनुसार उनीहरुको साथबाट मुर्ती सहित चाँदीको पिढी २ किलो, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी २ किलो बरामद भएको छ। पासपोर्ट थान १, परीक्षा प्रबेश पत्र थान १ , तामाको मरअंकित बस्तु थाना १, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान १, पित्तलको गिलास थान १, दियो थान १, तामाको सानो सानो गिलासहरु, चरेशको थाल ७ थान, हम्मर थान १, कमण्डल थान १ समेत बरामद गरिएको छ।

जिल्लाबाट खटिएको प्रहरी टोली जनकनन्दनी गाउँपालिका ३ महुवास्थित भारतीय सीमा नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो। योजनावद्ध तरिकाले भारत प्रवेश गर्न महुवास्थित सीमा नजिकमा रहेको रेल्वे ट्रयाकको बाटो हुँदै गइरहेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानसहित पक्राउ गरिएको उनले जानकारी दिए।

राजदेवी मन्दिरमा चोरी भएको अघिल्लो रात जनकपुर उपमहानगर १२, हनुमानगढीस्थित हनुमान मन्दिरमा समेत यसै समुहले चोरी गरेको हुनसक्ने अनुमान गरिएको भन्दै प्रहरी प्रवक्ता गौतमले चोरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए। 

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब