उत्कृष्ट लयमा नेपाल, पछिल्ला ८ मध्ये ७ खेलमा विजयी

  • फागुन २२, २०७९ | ४५० पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आफ्नाे उत्कृष्ट लयलाई कायमै राखेकाे छ । मुख्य प्रशिक्षकमा माेन्टी देसाई नियुक्त भएयता नेपालले उत्कृष्ट लयलाई कायमै राखेकाे हाे । 

गएकाे माघ २३ गते देसाई मुख्य प्रशिक्षकमा नियुक्त भएयता नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा खेलेका ८ खेलमध्ये ७ वटामा जित निकालेकाे छ ।

नेपालले देसाईकाे नेतृत्वमा घरेलु मैदानमा लिग–२ अन्तर्गत ४ खेलकाे त्रिदेशीय एकदिवसीय शृङ्खलामा ४ वटै खेल जित्दै शृङ्खला 'क्लिन स्वीप' गरेकाे थियाे । नेपालले स्कटल्यान्ड र नामिबियालाई २–२ खेलमा हराएकाे थियाे । नेपालले पहिलाे खेलमा नामिबियालाई २ विकेटले, दाेस्राे खेलमा स्कटल्यान्डलाई ३ विकेटले, तेस्राे खेलमा फेरि नामिबियालाई ३ विकेटले र चाैथाे खेलमा फेरि स्कटल्यान्डलाई २ विकेटले हराएकाे थियाे । 

यस्तै नेपालले लिग–२ अन्तर्गत दुबईमा भएकाे त्रिदेशीय एकदिवसीय शृङ्खलामा ४ खेल खेल्दा ३ मा जित हात पार्‍याे । नेपालले पहिलाे खेलमा पीएनजीलाई ४ विकेटले हराएर लिग–२ मा लगातार पाँचाैँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितकाे कीर्तिमान बनाएकाे थियाे । याे शृङ्खलाकाे दाेस्राे खेलमा भने नेपाल यूएईसँग ६८ रनले पराजित भएकाे थियाे । यस्तै नेपालले तेस्राे खेलमा फेरि पीएनजीलाई ३ विकेटले र चाैथाै खेलमा यूएईलाई ४२ रनले हरायाे । नेपालले लिग–२ मा यूएईमाथि पहिलाे जित निकालेकाे हाे ।

लिग–२ मा अब बाँकी ४ खेल नेपालले घरेलु मैदानमै खेल्नेछ । नेपालले बाँकी सबै खेल जितेमा लिग–२ मा तेस्रो हुँदै साेझै विश्व कप छनाेट खेल्न पाउनेछ भने एकदिवसीय मान्यता जाेगाउन बाँकी रहेकामध्ये ३ खेल जित्दै शीर्ष ५ मा स्थान पक्का गर्नुपर्ने हुन्छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब