जातीय छुवाछुत गर्ने पालिका अध्यक्षद्वारा आत्मलोचना

  • फागुन २६, २०७९ | ४९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ फागुन । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले उनको आमाको कृया भोजमा दलित तथा मुस्लिम समुदाय प्रति छुवाछुत गरेको प्रति आत्मलोचना गरेका छन् । आज २५ फागुन शुक्रबार गाउँपालिकाको कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष यादवले विज्ञप्ती जारी गरेका छन् ।

उनले आफू र आफ्नो परिवार शोकमग्न भएको , दलितहरुको अपमान गर्ने उद्देश्य र मनसाय नभएको तर भोज व्यवस्थापनमा रहेका आफन्त तथा स्वजातीयहरुबाट दलितहरु अपमानित गर्ने कार्य अन्जानमा हुन गएको भन्ने विज्ञप्तीको पेटबोलीमा उल्लेख गरेका छन् । अध्यक्ष यादवले विज्ञप्तीको बोधार्थ मुस्लिम आयोग र राष्ट्रिय दलित आयोगलाई पनि दिएका छन् । उनले मानव अधिकार , छुवाछुत सम्बन्धी नेपालको संविधान २०७२ को व्यवस्था , अन्य प्रचलित नेपाल कानूनको व्यवस्था तथा अन्तर्राष्ट्रिय कानूनको व्यवस्था बारे आफू जानकार रहेको पनि उल्लेख गरेका छन् ।

माताको पुण्य तिथि र भोज नितान्त व्यक्तिगत घटना भए पनि अध्यक्ष यादवले भगवानपुर गाउँपालिकाको लेटरप्याड प्रयोग गरेर चलानी नं. समेत हालेर विज्ञप्ती जारी गरेका छन् । गोलबजारका दलित अधिकारकर्मी शिव कुमार महरा भन्छन् अध्यक्ष यादवले गाउँपालिकाको लेटरप्याड र चलानी नं. को दुरुपयोग गरेका छन् । उनले निजी भोजमा गरेको छुवाछुत प्रति गाउँपालिका जिम्मेवार छैन ।

त्यसैगरी अर्का अधिकारकर्मी संजय महरा भन्छन् यो माफी मागेर माफी पाइने विषय वा सामाजिक मिलापत्र गर्ने विषय होइन । अध्यक्ष यादवले कानूनी रुपमा अपराध गरेका छन् । ६० लाख नेपाली दलितको आत्मसम्मानमा चोट पु¥याएका छन् । यो घटनाको छानविन गरी प्रहरी प्रशासनले दोषीहरु उपर कानूनी कारवाही गर्नुपर्छ । कानूनी निरुपण गर्ने विषय र घटनालाई अन्यत्र मोड्न र भ्रम सृजन ागर्न पाइदैन ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब