ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

  • चैत १०, २०७९ | ८१६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाईते भएका छन्। जिल्लाको गोलबजार ८ मा रहेको सगुन ईंटा उद्योको पर्खालले किच्दा भारतको पूर्वी वङ्गालका मजदुर महिमा वीवीको शुक्रवार विहान मृत्यु भएको हो।

ईटाभट्टीबाट पोलेको ईंटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाईते भएका वीवीको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाईतेहरु ३५ वर्षिय बवी वीवी र ४० वर्षिय ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाएको छ।

शव पोष्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईट्टा उद्योगको पर्खाल भत्किदा उद्योगमा कार्यरते छ जना घाइते भएका थिए। जसमध्य एक जना जयनाथ सदा गम्भिर घाइते भएका छन्।

ईंटा उद्योगमा कार्यरत मजदुरहरुलाई समान्य सुरक्षाको व्यवस्था समेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरुको अङ्गभङ्ग हुनुको साथै ज्यानै सम्म जाने गरेको छ। यस प्रति सरकोकारबालाहरुको ध्यान जान जरुरी छ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब