सप्तरी काराकारमा डेढ महिनामा तीन कैदीको मृत्यु

  • वैशाख ८, २०८० | ४६९ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी, ८ बैशाख। सप्रतीको राजविराजस्थित काराकारमा डेढ महिनाको अवधिमा तीन जनाको मृत्यु भएको छ। राजविराज नगरपालिका ६ स्थित जिल्ला कारागार मानव बेचबिखन ओसारपसार मुद्दामा कैद सजाय भोगिरहेका महादेवा गाउँपालिका ३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको विहिवार राति उपचारको क्रममा मृत्यु भएको हो।

विहिवार बिरामी भइका यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताए।
शव विराटनगरबाट ल्याएर पोष्टमार्टम गर्नका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरीले बताए।

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका मिथलेशलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले ०७७ चैत ११ गते घरबाटै गिरफ्तार गरेको थियो। गिरफ्तार भएपछि उनी कारागारमा थिए।

कारागार प्रशासनका अनुसार यो समेत राजविराज कारागारका तीन जना कैदीको चैत र वैशाखमा मृत्यु भएको छ। यादव अघि वैशाख ५ गते बलान विहुल गाउँपालिका ३ मौवाहाका विहारी साहको छोरा ६९ वर्षीय लक्ष्मण साह तेली भनिने धनिलाल साहको मृत्यु भएको थियो। कर्तव्य ज्यानमा कैद सजाय काटिरहेका साहलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। त्यसअघि चैत २८ गते लागु औषध मुद्दामा सजाय काटिरहेका तिरहुत गाउँपालिका ५ का बन्टु सदाको छोरा २४ वर्षीय सिन्दु भनिने सिन्धु सदाको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको थियो।

जिल्ला कारागारको बन्दी क्षमता १५ महिलासहित १ सय ५५ जना रहेकोमा हाल ३ सय ९१ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ। कारागारमा ८० वर्षीयसहित ६५ वर्ष नाघेका १० जना जेष्ठ नागरिक छन् । कारागारमा एक जटिल र एक सामान्य मानसिक रोगी, दुई एचआइभी सङ्क्रमित र दुई जना पक्षघातबाट पीडित कैदीबन्दीसमेत छन्। रक्तचाप, चिनी, दम र मुटुलगायतका २० जना दीर्घरोगी छन्।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब