सिरहा, २९ बैशाख । सिरहा नगरपालिकाको शिक्षा क्षेत्रलाई हर्दा शिक्षा भन्दा व्यपार गरी ठगी गर्ने केन्द्र भएको छ । शिक्षा क्षेत्र सुधारको पहिलो मुदा बोकी निर्वाचित भएको मेयर डा. नवीन कुमार यादब जो शिक्षा क्षेत्र सुधार गर्न विद्यालय अनुगमन देखी विद्यार्थीलाई अनुसाशित बनाउन केस पनि आफैले काट्ने सम्मको कार्य गरे । तर त्यसकै परिणाम अहिले शिक्षा क्षेत्र व्यपारी केन्द्र भएको जस्तो लुटतन्त्र मौलाएको स्पष्ट देखिन्छ ।
निजी विद्यालयहरुले किताव पसलहरुसँगको सेटिंगमा सरकारले प्रतिवन्धित गरिएको पुस्तकहरु ठुला कमिसनको सेटिंगमा विद्यार्थीलाई विक्री वितरण गरी लुट मचाएको छ । पटक पटक किताव कमिसनखोरी विषयमा मिडियाहरुले समचार लिखिरहदाँ पनि सरकारले गोप्यि रुपमै निजी विद्यालयहरुसँग क्षलफल गरी यस्ता कुर्कम शिक्षा क्षेत्रमा हुनु स्थानीय सरकारको सेटिंगको प्रश्न उठने सम्भावन कति हो ? तर सेटिंग रहेको कुरा स्थानीय सरकारको मौनताले स्पष्ट गरको देखिन्छ ।
यता निजी लुटैकै छ । तर समुदायिक पनि विद्यार्थीलाई परीक्षा शुल्ककै रुपमा विद्यार्थीहरुसँग रु.३ सय ५० रुपैयाँको दरले शुल्क उठाउनु सिरहा नगरपालिकाका जनप्रतिनिधि दखि कर्मचारीहरुका लुटतन्त्रमा रहेको बुझने कि नबुझने।
सिरहा नगरपालिका वडा नं. १७ माडरमा रहेको श्री ब्रजमोहन झबुराम जनता माध्यमिक विद्यालयले विद्यार्थीलाई परीक्षा शुल्कको नाममा रु. ३ सय ५० रुपैया उठाएका छन् । तर यस्ता कुर्कम गरिव दलितका विद्यार्थी पढने समुदायिक विद्यालयले गर्ने हिमत गरेपछि स्थानीय सरकारको सेटिंग भएको कुरालाई नाग्गो गरेको देखिन्छ।
नेपालको संविधान २०७२ को धारा ३१ जसमा शिक्षा मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । धारा ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिर्वाय र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था छ । तर मौलिक हक कार्यन्वयन गर्न केन्द्र सरकारले स्थानीय तहको सरकारलाई निर्देशन गरिरहदा पनि माध्यमिक तहको विद्यालयले विद्यार्थीलाई परीक्षा शुल्कको नाममा लुटनु मौलिक हकको विपरित देखिन्छ । तर सिरहा नगरपालिकाले मौलिक हक सम्मको सेवा पनि नगरवासिलाई दिन नसक्नु गैरजिम्मेवार जनप्रतिनिधि र कर्मचारी तन्त्र देखिन्छ । यस लुट धन्धामा स्थानीय सरकार पनि संलग्न रहेको कुरालाई स्पष्ट पर्दछ ।
यसरी सिरहा नगरपालिकाको चौतफी लुटतन्त्र चलिरहदा पनि नगरवासि मौन हुनु दुखद अवस्था रहेको छ । संघिय लोकतान्त्रिक गणतन्त्रमा पनि नागरिक यसरी चुप लाग्नुकै उपज हो नेपालमा भ्रष्टाचार मौलाउनु । त्यसैले यस्ता कर्कम विरुद्ध जनता सडकमै आएर जाग्नु भन्दा कुनै विकल्प देखिदैन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved