मधेश प्रदेशमा एउटा मन्त्रालय थपिने

  • जेठ ५, २०८० | ३८४ पटक पढिएको | सीमा संदेश
alt

सत्तासीन गठबन्धन दलका शीर्ष नेताहरुको बिहीबार बसेको बैठकमा मधेश प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) ले नै गर्ने सहमति भएको छ ।

उच्चस्रोतका अनुसार बैठकमा सरकारको पहिलो नेतृत्व जसपाले नै गर्ने तर आलोपालो हुने सहमति रहेको विषयमा चर्चा भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेश सभामा दलका नेता रहेकाहरु पनि सहभागि थिए । बिहान साढे ८ बजे नै बैठक भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । ‘शीर्ष नेताहरुको समेत उपस्थितिमा भएको बैठक बिना निस्कर्ष टुंगिएको छ’ उनले भने, शीर्ष नेताहरुको उपस्थितिमा शुक्रबार बिहान १० बजे फेरि बैठक बस्नेछ । बैठकमा मधेश प्रदेश दलका नेताहरुले छलफलमा नेतृत्वको दाबी गरे पनि त्यसमा अडान भने लिएनन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले बारा जिल्लाको उपचुनाव अगाडि भएको सहमति अनुसार नेतृत्व परिवर्तन हुनुपर्ने धारणा राखेको सहभागी एकजना सदस्यले बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बैठकमा सरकार गठन भएदेखि हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए । सरकारमा एमाले रहेको अवस्था र हटेपछिको अवस्थाबारे उनले जानकारी गराएका थिए । प्रदेशका नेताहरु समेतको सहभागितापछि शीर्ष नेताहरुको छुट्टै भएको बैठकमा मुख्यमन्त्रीलाई निरन्तरता दिने र अन्य सबै दलहरुले मन्त्रीको नाम दिने विषयमा सहमति भएको स्रोतले जनाएका छन् ।

कांग्रेसलाई ३ वटा मन्त्रालय र जसपालाईपनि ३ वटा मन्त्रालय दिने विषयमा समेत शीर्ष नेताहरुबीच छलफल भएको बताइएको छ । दुबै दलले ३/३ मन्त्रालय लिने भएपछि एउटा मन्त्रालय थपिने स्रोतले जनाएका छन् । हाल सरकारमा जसपाको भागमा अर्थ, स्वास्थ्य तथा जनसंख्या र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय रहेका छन् ।

अर्थ मन्त्रालयमा जसपाका सञ्जय यादव, स्वास्थ्य तथा जनसंख्यामा सुरिता साह र उर्जा, सिंचाई तथा खानेपानीमा रामसिंहान सा कलवार रहेका छन् । माओवादीको भागमा परेको वन तथा वातावरण मन्त्रालयमा सुनिता यादव रहेकी छन् । जनमत पार्टीबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहा छन् । कांग्रेसले ३, नेकपा एसले १ र लोसपाले १ मन्त्रालय पाउने छन् । तर कांग्रेसले ४ मन्त्रालयमा दाबी गरेकाले एउटा मन्त्रालय थपिने संभावना रहेको स्रोतले जनाए ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब