मुख्यमन्त्री यादवकाे दाबी- अब सरकारी गाडी दुरुपयोग हुँदैन, तीन दिनभित्र सबै फिर्ता ल्याउँछौं

  • जेठ १२, २०८० | ४२१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सरकारी गाडी दुरुपयोग रोक्ने र कमिशनको खेल हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

कमिशन दिने पालिकालाई मात्र सशर्त बजेट पठाएको र सरकारी गाडीको दुरुपयोग बढेको भन्दै नेकपा एमालेका सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गर्दै मुख्यमन्त्री यादवसँग जवाफ मागेका थिए ।

जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारीको गाडी दुरुपयोग रोक्ने र कमिशनको आधारमा बजेट पठाउने काम नहुने प्रतिवद्धता जनाए ।

उनले भने, ‘मन्त्रालयहरुको सरकारी गाडी जहाँ छ, सबै ठाउँबाट तीन दिनभित्र फिर्ता ल्याउँछौं । अब सरकारी गाडी दुरुपयोग हुन दिन्नँ ।’

मुख्यमन्त्री यादवले सशर्त बजेट सम्बन्धी कार्यविधिमा रहेको जटिलता संशोधन गरी हटाउने र माननीय ज्यूहरुको समन्वयमा स्थानीय तहमा बजेट पठाउने बताए । उनले विगतमा समन्व्य नभएको स्वीकार गर्दै अब नीति तथा कार्यक्रम र बजेट सबै सांसदहरूसँग सहकार्य र समन्वय गरी ल्याउने प्रतिवद्धता पनि जनाए ।

नेकपा एमालेका सांसदहरुले १० प्रतिशतसम्म कमिशन दिएको पालिकालाई मात्र सशर्त बजेट पठाएको आरोप लगाएका थिए ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब