वडा सदस्य रामदुलारीमाथि निर्घात कुटपिट

  • जेठ १६, २०८० | ४०३ पटक पढिएको | सीमा संदेश
alt

हंसपुर नगरपालिका–५ की वडा सदस्य रामदुलारी देवीले आफूले दिएको ऋण फिर्ता माग्न जाँदा निर्घात रुपमा कुटपिट गरिएको आरोप लगाएकी छन् ।

आफूले दिएको ९ लाख रुपैयाँको तमसुकलाई जिल्ला प्रशासनमा दर्ता गराउनुपर्ने भन्दै माग्न जाँदा ऋणी अरहुलिया देवी मण्डलले तमसुक दिनुपर्ने कुनै आवश्यकता नरहेको र सरकारले हाम्रो सबै ऋण मिनहा गरिसकेको भन्दै आफूमाथि जाइलागेको आरोप पीडित रामदुलारीले लगाइन् । उनले भनिन्,‘अहिले तमसुकहरुको दर्ता गराउनुपर्ने कुरो आएको छ त्यसैले सो तमसुक मैले मागेर दर्ता गराउने भनेको थिएँ तर उनीहरुले अचानक पैसा किन माग्न आएको भन्दै म र मेरो छोरा सन्तोषलाई निर्घात कुटपिट गरेको थियो।’ अरहुलिया देवीको छोरा र श्रीमान्को कुटपिटले आमा छोरा गम्भीर घाइते भएका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी घाइते सन्तोष साहले आफूलाई तीन चार जना मिलेर फलामको फाइटर लगाएको मुक्काले टाउकोमा प्रहार गरेको बताए । उनको टाउकोमा १५ वटा टाका लागेको जानकारी समेत दिइएको छ । आफ्नो श्रीमानले दुख गरेर वैदेशिक रोजगारीमा कमाएको पैसा समस्या पर्दा छिमेकीलाई दिएको र सोही रकम फिर्ता नदिने लोभमा परी उनीहरुले आक्रमण नै गरेको दुलारीदेवीको कथन छ । कुटपिट गर्नेमाथि कडा कारबाहीको माग गर्दै उनले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिने तयारी समेत गरेको जानकारी उनले दिइन् । घाइते मध्ये सन्तोषको अवस्थामा गंभीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

यता आरोपि अरहुलिया देवीसंग कुरा गर्न पटक पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब