चन्द्रनगर गापामा तोडफोड २० विद्यार्थी पक्राउ

  • जेठ २३, २०८० | ४१९ पटक पढिएको | सीमा संदेश
alt

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालयमा विद्यार्थीहरुले सोमबार तोडफोड गरेका छन् । उनीहरुले शिक्षकको माग गर्दै कार्यालयमा तोडफोड गरेका छन् ।

२० जना प्रदर्शनकारी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनीहरुलाई साँझ रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले पक्राउ परेका सबै विद्याथीलाई मुक्त गरिएको बताए । ‘विद्यार्थी र गाउँपालिकाका पदाधिकारीबीच मंगलवार छलफल हुने सहमति भएको छ ।’ उनले भने, विद्यार्थीहरुले राखेका माग असान्दर्भिक छैन् ।विद्यार्थीको भविष्य जोडिएकाले पठनपाठनमा पालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए । सीटीभीइटीद्वारा सञ्चालित पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले शिक्षक भर्ना गर्नुपर्ने लगायतका माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । इन्स्टिच्युटबाट नाराबाजी गर्दै पालिका कार्यालय पुगेका विद्यार्थीले टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरेका थिए ।

तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलाश राइले बताए । विद्यार्थीहरुसित शुल्क असुल गरिसकेका पालिका अध्यक्ष महतोले पठनपाठनप्रति ध्यान नदिएको विद्यार्थीहरुले बताएका छन् । रोजगारमूलक शिक्षा आर्जनका लागि स्थापित इन्स्टिच्युटलाई अध्यक्ष महतोले ध्वस्त बनाउन लागेको आरोप स्थानीयहरुको छ । चन्द्रपुरको वडा नम्बर २ बबरगञ्जमा रहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमाथि पनि ढुंगामुढा गरेको उनका स्वकीय सचिव उमेश साहले बताए । विद्यार्थीहरुले नियमित पठनपाठन, शिक्षक भर्ना र प्रिन्सिपल नियुक्तिको माग गर्दै प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाका विद्यार्थीहरु सो इन्स्टिच्युटमा अध्यनरत्त छन् ।

प्रदेश सभासद उपेन्द्र महतोको सक्रियतामा २०७६ सालमा स्थापना भएको इन्ष्टिच्यूटमा शिक्षक अभाव भएकोछ ।शिक्षक नहुँदा पठनपाठन अस्तव्यस्त भएकोछ । महतो अध्यक्षमा निर्वाचित भएपछि इन्स्टिच्युटमा शिक्षक भर्नामा आनाकानी गरिएको छ । शिक्षक भर्ना अगावै मोटो रकम कमिसन माग्न थालिएको कारण भर्नाको प्रक्रिया नै थालिएको छैन् । वर्ष दिनमै महतोले पालिकालाई अस्तव्यस्त बनाएको आरोप स्थानीय बासिन्दाहरुको छ ।कमिसन र घुसखोरी अत्यधिक बढेको उनीहरुको कथन छ । प्राविधिक शिक्षाका लागि दक्ष शिक्षक आवश्यक भएको तर खुल्ला विज्ञापनबाट पदपूर्तिको प्रक्रिया प्रारम्भ गर्न अध्यक्ष महतोले आनाकानी गरिरहेको विद्यार्थीहरुको आरोप छ । उनले प्रिन्सिपल नियुक्तिमासमेत रकमको चलखेलको प्रयास गरेको उनीहरुको आरोप छ ।

यसअघि पनि कयौं आर्थिक अनियमितताको आरोपमा मुछिएका अध्यक्ष महतो विद्यार्थीहरुसित संवाद गरी समस्या समाधान गर्न नचाहेको आरोप लागेको छ । विद्यार्थीहरुले शिक्षक नियुक्ति नभए विरोधमा उत्रने जनाउ दिएपछि अध्यक्ष महतो २ दिनदेखि पालिका आउनै छाडेका छन् । गाउँपालिकाले सोमबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष २ दिनदेखि बाहिर रहेको मौकामा कार्यालय तथा घरमा तोडफोड गरेको र गाउँपालिकाका कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिकमाथि हातपात गरिएको भन्दै विरोध जनाएको छ ।

अध्यक्ष महतोले १ वर्ष भित्र विरोध गर्नेहरु मध्ये कम्तीमा १० जना भन्दा बढी मानिसलाई पक्राउ गराइसकेका छन् ।पछिल्लो पटक सोमबार थप २० जना विद्यार्थीलाई पक्राउ गर्न लगाएका छन् ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब