प्रभुबैंकबाट दश लाख गायब, बैंक कर्मचारीको संलग्नता, ज्योति विकास बैंकसमेत संलग्न

  • असार १६, २०८० | ८१८ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी, जलेश्वर नगरपालिका १० का श्रवणलाल दासको खाताबाट फर्जी खातामा दश लाख रकम ट्रान्सफर भएको पाइएको छ ।

‘फोनपे’बाट खाता धनीलाई जानकारी नहुँदै दश लाख तीस हजार पाँच सय ४० रुपैयाँ ट्रान्सफर भएको छ । प्रभु बैंकको जलेश्वर शाखामा दासको खाता छ । उनको खाताबाट चार पटकमा ज्योति विकास बैंक रामगोपालपुर शाखामा मुकेश यादव नामको खातामा ट्रान्सफर भएको देखिन्छ । दासको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ३२ ९७०७६७६११०००१८ बाट ज्योति विकास बैंकमा मुकेश यादवको नाममा रहेको खाता नम्बर ०३८०१३००५७४७०७०००००१ मा रकम गएको छ ।

पहिलो पटक गत बैशाख २८ गते तीन लाख दश रुपैयाँ ट्रान्सफर भएको छ । त्यसपछि एक दिन बिराएर थप दुई पटक त्यति नै पैसा ट्रान्सफर भएको छ । अन्तिम पटकमा मात्र एक लाख ३० हजार पाँच सय दश रुपैयाँ ट्रान्सफर गरिएको छ । अहिले दासको खातामा शुन्य रुपैयाँ छ । उनले घर प्लास्टरको लागि गत जेठ १६ गते पैसा निकाल्न जाँदा खातामा पैसा नरहेको जानकारी पाएका थिए । ‘मैले कमाएको पैसा पटक–पटक बैंकमा राखेको थिए । घर प्लास्टरको लागि पैसा निकाल्न जाँदा बैंकको कर्मचारीले पैसा नरहेको बताए,’उनले भने,‘म आश्चर्यमा परे ।’ दासले मोबाइल बैंकिङ बारे आफू अनभिज्ञ रहेको बताए । सुरुवातमा पनि बैंककै कर्मचारीले ओटीपी अरु चाहिने सामानहरु भरेर दिएको उनको भनाइ छ । बैंककै मिलेमतोमा खाताबाट फर्जी खातामा पैसा ट्रान्सफर भएको उनको आरोप छ ।

प्रभु बैंक जलेश्वरका प्रमुख मुकेश जयसवालले घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले ओटीपी शेयर भएको कारण घटना भएको हुनसक्ने अुनमान गरे । ‘मोबाइल बैंकिङबाट ट्रान्सफर भएको देखिन्छ । जुन कुरा बिना ओटीपी सम्भव छैन्,’उनले भने,‘ओटीपी त खाता धनी र उनको निकटलाई मात्रै थाहा हुन्छ । त्यसकारण हामीले खाता धनीकै सहमतिमा अरु खातामा गएको हुनसक्ने भन्दै छौं ।’ तर प्रहरीले अनुसन्धान गरिरहेको र दोषी छिट्टै बाहिर आउने उनले बताए ।

महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले अनुसन्धानको अन्तिम चरणमा रहेको बताए । उनका अनुसार मुकेश यादवको नागरिकता दुरुपयोग गरी खाता खोलिएको अहिलेसम्मको अनुसन्धानमा देखिएको छ । खातामा मुकेशको नागरिकता संलग्न देखिए पनि उक्त व्यक्तिको तस्वीर छैन् । खातामा प्रयोग गरिएको व्यक्तिको पहिचान भइसकेको छैन् । ‘हामीले कल डिटेल लिएर काम गर्दैछौं । मुकेश यादवको पहिचान भइसकेको छ,’उनले भने,‘तर जसको नागरिकता छ, उसको तस्वीर मेल खादैनन् । हस्ताक्षर पनि फरक छ । नागरिकता दुरुपयोग भएको देखिन्छ ।’ मुकेश यादवले जिल्ला प्रशासन कार्यालयमा आफ्नो नागरिकता हराएको भन्दै प्रतिलिपि पनि लिएका छन् ।

ज्योति विकास बैंक रामगोपालपुर शाखाका प्रमुख रितेश कुमार मिश्रले घटनामा धेरै ‘सस्पेन्स’रहेको बताए । तीन महिना पहिले मात्रै यस बैंकमा मुकेश यादवले सबै प्रक्रिया पूरा गरी खाता खोलेको उनले बताए । उनले खाता खोल्न प्रयोग गरेको नागरिकताको फोटो र खातामा प्रयोग गरेको व्यक्ति ठिक रहेको दाबी गरे । नागरिकताको आधारमा तीन पुस्ते विवरण लिएर खाता खोलिए पनि मुकेश यादवले अहिले लिएको नागरिकतामा फरक तस्वीर रहेको उनले बताए । ‘खाता खोल्ने बेला नागरिकता र खाताको फोटो मिलेको छ । नागरिकताको प्रथम प्रतिलिपि निकालेकोछ, त्यसमा उनको फोटो खातासँग मेल खादैनन्,’उनले भने ,‘अरु तीन पुस्ते विवरण पनि ठिक छ ।’ ज्योति विकास बैंकमा खाता खोल्न जाँदा उक्त व्यक्तिले मास्क लगाएका थिए । त्यसपछि चार पटक पैसा झिक्न जाँदा पनि उनको अनुहारमा मास्क रहेको सिसिटिभिमा देखिन्छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब