हिरासतमै महिलाको मृत्यु घट्ना शंकास्पद

  • साउन १०, २०८० | ४६८ पटक पढिएको | सीमा संदेश
alt

जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेकी चक्रघट्टा गाउँपालिका–८ औरहीकी हजरत खातुनको मृत्युमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । प्रहरीले सलले घाँटीमा पासो लगाएको अवस्थामा देखेपछि तत्काल उद्धार गरी उपचार गर्दा गर्दै ४० वर्षीया खातुनको मृत्यु भएको जनाएको छ भने महिला अधिकारकर्मीहरुले मृत्यु घटना शंकास्पद रहेको भन्दै निश्पक्ष छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

घटना भएका बखत जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले थुनामा राखेको कोठमासँगै रहेको सौचालयको ढोकामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बिहीबार राति १० बजेतिर देखेपछि खातुनलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको प्रादेशिक अस्पताल लगिएको दाबी गरेका छन् । अस्पतालमा उपचार हुँदै गर्दा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक पंजियारले जानकारी दिए । यता महिला अधिकारकर्मी बनिता कार्कीले भने प्रहरी हिरासतमा रहेकी महिलाले आत्महत्या गरेको भनिए पनि घटना शंकास्पद रहेको दाबी गरिन् । ‘कानबाट रगत बगेको छ, पेटमा निलडाम जस्तो देखिएको छ’, कार्कीले यो पंक्तिकारसँग भनिन्, ‘त्यसैले मृत्यु घटना शंकास्पद छ, निश्पक्ष अनुसन्धान गर्नुपर्छ, पत्रकारहरुले पनि निश्पक्ष भएर लेख्नुपर्छ।’

प्रहरीको सीसीक्यामेरामा कैद भएको दृश्य

प्रहरीले खातुनले आत्महत्या नै गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाको महिला थुनुवा कक्षको सीसी क्यामेराको रेकर्ड हेर्दा उक्त राति थुनुवा खातुन हिरासत कक्षको सुरक्षार्थ खटिएकी महिला सुरक्षाकर्मीसँग कुरा गर्दै गरेको देखिन्छ । कुरा गर्दा गर्दै उनले डण्डीको बारको ढोकाको छेउमा बाहिरपट्टी राखेको सललाई विस्तारै खुट्टाले तानेर आफ्नो नियन्त्रणमा लिएकी छन् । त्यसपछि उनी शौचालय भित्र पसेको देखिन्छ । अनि महिला सुरक्षाकर्मी केही पर गएपछि क्यामेरामा उनलाई देखिँदैन भने खातुनले पनि सुरक्षाकर्मी भए नभएको ढोका छेउमा आएर हेर्छिन् । नजिकै कोही सुरक्षाकर्मी नभएको मौका पारेर पुनः शौचालय छिरेकी देखिन्छ । खातुन धेरैबेर बाहिर ननिस्केपछि ढोकाबाट चियाएर हेर्दा सुरक्षाकर्मीले केही देखे जस्तो गरेर हेर्नलाई अरु सुरक्षाकर्मीलाई बोलाएको जस्तो देखिन्छ । केही क्षणपछि शौचालयभित्रबाट खातुनलाई उद्धार गरी उपचारका लागि अस्पताल लइजान सुरक्षाकर्मीहरुले बाहिर निकालेका छन् । प्रनाउ पंजियारका अनुसार खातुनले बाहिरबाट तान्न सफल सल उनकै भएको र थुनुवा कक्ष सुरक्षार्थ खटिएका सुरक्षाकमर्मीले नियन्त्रणमा लिएर डण्डीको बार छेउमै राखेका थिए । उनलाई शारीरिक वा अन्य कुनै पनि खालको यातना नदिइएको प्रनाउ पंजियारको दाबी छ । ‘भन्सारले पठाएकाले हामीले हिर ासतमा राखेका हौं’, पंजियारले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘हामीले कहिल्यै नचिनेको अनि कुनै पनि एंगलले टच नभएको उनलाई किन त्यस्तो घटना गराउँथ्यौं होला र

को हुन् खातुन

चक्रघट्टा गाउँपालिका–८ औरहीको मोहम्मद तसबीर अन्सारीकी श्रीमती हुन् खातुन् । अन्सारी दम्पत्तिका ५ छोरा छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतार रहेका तसबीर गत वैशाख १२ गते विदामा घर आएका थिए । उनका जेठा छोरा पनि कतारमै एउटै कम्पनीमा काम गर्छन् । अन्सारीका माइलो छोरा काठमाण्डुमा काम गर्ने गरेको तथा घरमा श्रीमतीसहित जेठी बुहारी र ३ वटा छोराहरु बस्ने गरेका थिए । ५ महिने विदामा आएका तसबीरले श्रीमती खातुन गाउँकै रामकेवल रायसँग अनैतिक सम्बन्धमा रहेको गाउँभरि हल्ला चलेको सुनेपछि स्थानीय औरही प्रहरी चौकीमा निवेदन दिएका थिए ।

रामकेबल कारागार चलान

यता खातुनसँगै पक्राउ परेका रामकेबललाई भने सिन्धुली कारागार चलान गरिएको छ । भन्सार कार्यालयले तोकेको २ लाख ५२ हजार धरौटी रकम बुझाउन नसकेपछि रामकेबललाई कारागार चलान गरिएको प्रनाउ पंजियारले जानकारी दिए । करीब ४० वर्षीय रामकेबल पनि विवाहित पुरुष छन् ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब