मधेश प्रदेश : ९४ करोड बढीको मालसामान भन्सारलाई बुझाइयो

  • साउन १२, २०८० | ५२८ पटक पढिएको | सीमा संदेश
alt

आर्थिक वर्ष ०७९/०८० मा प्रहरीले मधेश प्रदेशका आठ वटै जिल्लाबाट ९४ करोड ९६ लाख ५५ हजार २२० रुपैयाँ मूल्य बराबरको सवारीसाधन, लत्ताकपडा, खाद्यान्नलगायतका सामानहरु पक्राउ गरी भन्सारमा बुझाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासंग जोडिएका विभिन्न नाकाबाट चोरी तस्करी भइ नेपाल भित्रिएका सवारी साधनलगायतका समानहरु पक्राउ गरी सम्बन्धित जिल्लाका भन्सार कार्यालयलाई बुझाएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताए ।

मधेश प्रदेश अन्तर्गत रहेको ८ वटै जिल्लाको जिल्लागत तथ्यांक हेर्दा आर्थिक वर्ष ०७९/०८० मा सबैभन्दा बढी प्रहरीले पर्सा जिल्लाबााट तस्करीका मालसामान पक्राउ गरेका छन् ।

प्रहरीले पर्सामा ४७ करोड ७८ लाख ४८ हजार ९५ रुपैयाँको मालसामान पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

त्यसैगरी, सप्तरीमा ४ करोड ५ लाख ८८ हजार ९२६, सिरहामा ३ करोड ६४ लाख ७ हजार ७०२, धनुषामा ७ करोड ८१ लख ९२ हजार ३५६, महोत्तरीमा ७ करोड २ लाख ५६ हजार ८९६, सर्लाहीमा ७ कोड ११ लाख ३४ हजार ५९५, रौतहटमा ४ करोड ९० लाख ४२ हजार ६६१, वारामा १२ करोड ६१ लख २३ हजार ९८९ मूल्यबराबरको सामान पक्राउ गरी भन्सार बुझाएको जनाइएको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब