सिरहा, १२ श्रावण । श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले प्रविधिमैत्री क्रियाकलापबाट प्रशिक्षण गराउन शिक्षकलाई १७ थान ल्यापटप वितरण गरको छ ।
नमूना विद्यालय कार्यक्रम अन्तर्गत नमूना विद्यालय गुरु योजनाबाट निम्न माध्यमिक र प्राथमिक शिक्षकलाई ल्यापटप वितरण गरको छ । चालु शैक्षिक शस्त्रबाट डिजिटल प्रविधि अन्तर्गत स्मार्ट बोर्ड र प्रोजेक्कटरको माध्यबाट पठानपाठन हुने भएकोले शिक्षकलाई ल्यापटप उपलब्ध गराएको प्राध्यानाअध्यापक मधु सुदन कर्णले जानकारी दिनु भयो ।
शिक्षकहरुलाई ल्यापटप, डयारी र कलम हस्तारण गर्दै कर्णले भने, अब विद्यार्थीहरुले थप प्रभावकारी रुपममा खोज मुलक तथा समसमायिक विषय वस्तुहरु प्रशिक्षणको रुपमा दिनु होला । तपाईहरुले दैनिक रुपमा प्रशिक्षण गरेको विषय वस्तुहरु विद्यार्थीहरु जुन वेला खोजी गरी अध्ययन गर्न सक्ने गरी विद्यालयमा बुझाउनु होला । अब शैक्षिक क्रियाकलपमा कुनै किसिमको बहान बाजी हुनु भएन् कर्णले शिक्षकलाई सचेत पनि गराउनु भयो ।
अब विद्यार्थीहरुले घरबाट पनि आफ्ना कक्षामा पढाएको कुरा सजिलैसँग पढन सकने छन् । कक्षा कोठमा बढी विद्यार्थीका कारण हुने गरको असहजताले प्राजेक्टर र डिजिटल बोर्डको मध्यमले पठानपाठन थप प्रभावकारी हुनेमा विश्वस्त रहेको पल्सटु प्रमुख राजिप कुमार यादबले बताए ।
यसै कार्यक्रम अन्तर्गत विद्यालयले गर्मि विदामा पनि कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई कोचिंग कक्षा पनि दिईरहेका छन् । यस कार्यक्रमलाई थप व्यवस्थित बनाउन प्रशासन शाखालाई ५ थान डेस्टप क्यम्प्युटर, फर्निचर र स्टेसनरी पनि उपलब्ध गराएको छ ।
नमूना कार्यक्रमको पहिलो वर्षमा उच्च माध्यमिक र माध्यमिक तहका १५ जना शिक्षकलाई ल्यपटप उपलब्ध गराएका थिए । कक्षा १० को एस.ई.ई परीक्षामा शतप्रतिशत पास गराउन सफल तथा कक्षा ११ र १२ मा गुणस्तरी शिक्षा दिईरहेको विद्यार्थीका शैक्षिक हबको रुपमा चिनिएको जिल्लामै सबभन्दा बढी विद्यार्थीलाई पठानपाठन गराई रहेको दशकै दोस्रो पुरानो विद्यालय डिजिटल प्रविधिसँग जोडिएसँगै शिक्षक र विद्यार्थीहरुमा शैक्षिक गुणस्तरीयता प्रति विश्वास बढेको भनाईरहेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved