सुख्खाग्रस्त क्षेत्रमा राहत प्याकेज

  • साउन १८, २०८० | ४०४ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका सुख्खाग्रस्त जिल्लाहरुमा सरकारले राहत प्याकेज बनाएर पिउने पानी र सिँचाइका लागि काम गर्ने भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले धनुषा र पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) काशीराज दाहालको अध्यक्षतामा बसेको बृहत् बैठकले सुख्खाग्रस्त क्षेत्र घोषणाका लागि कृषि र गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । ‘धनुषा जिल्लामा आवश्यक वर्षा नहुँदा पिउने पानी र सिँचाइमा संकट देखिएको छ ’ धनुषाका सीडीओ दाहालले भने, हालसम्मको अवस्थाको मूल्यांकन गर्दा धनुषामा ३३ प्रतिशत पनि धान रोपाइँको सम्भावना छैन् । रोपिएको धान पनि सुक्न थालेको उनले बताए । जिल्लामा पिउने पानीको पनि गम्भीर समस्या देखिएको दाहालले बताए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले सिफारिस गरेपछि संघीय दैवी प्रकोप उद्धार समितिले घोषणा गर्नेछ । सुख्खाग्रस्त क्षेत्र घोषणा नहुँदा तीनै तहको सरकारलाई राहत सम्बन्धी काम गर्न कठिनाइ भइरहेको छ । सुख्खा क्षेत्र घोषणा भए लगतै प्रदेश सरकारले संघीय र स्थानीय सरकारसित समन्वय गरी तत्काल राहत प्याकेजको घोषणा गर्ने तयारीमा रहेको मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले बताए । ‘मधेश प्रदेशमा पिउने पानी र सिँचाइका लागि सरकारले राहत प्याकेजका लागि गृहकार्य गरिरहेको छ ’ उनले भने, सुख्खाग्रस्त क्षेत्र घोषणा भए लगतै काम अगाडि बढनेछ । पर्सा जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्ने आधारसहित सिफारिस गरेको छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब