प्रदेश वन मन्त्रालयमा अख्तियार

  • साउन २१, २०८० | ६८७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारमा तत्कालीन वन, उद्योग तथा पर्यटन मन्त्रालयमा ‘रेडबुक’मा उल्लेखित योजनाहरुको बजेटलाई रकमान्तर गरिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ दिन छानबिन गरी रिर्पोट दिन निर्देशन दिएको छ ।

गत वर्षमा वन, उद्योग तथा पर्यटन मन्त्रालय रहेको हाल विभाजित भएर उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय भइसकेको छ । अख्तियारले पठाएको पत्र वन मन्त्रालयमा पुगेको छ । त्यहाँ दर्ता पनि भएको छ । अख्तियारले पठाएको पत्रमा मन्त्रालयलाई नै छानबिन गर्न भनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रबाट युवा महिला सुनिता यादव मन्त्री रहेकी छन् । महान शहीद रामवृक्ष यादवकी पुत्री रहे पनि राजनीतिमा उनले आफ्नो स्वतन्त्र पहिचान बनाइसकेकी छन् । अख्तियारको पत्रमा मन्त्री यादव र सहायक वन अधिकृत लालबाबु यादवको संलग्नतामा आर्थिक अनियमितता भएको अख्तियारको आशंका छ । अख्तियारको पत्रमा उजुरी परेकाले छानबिन गरी प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।

गत आर्थिक वर्षको अन्तिम समय असारमा पर्यटन तर्फको २ सय ५० बढी शीर्षकका बजेट अन्य योजनामा रकमान्तर गरिएको आरोप छ । हरेक मन्त्रालयमा खर्च हुन नसक्ने रकमलाई अन्य शीर्षकमा निर्णय गरी खर्च गरिने पालिका, प्रदेश र संघीय सरकारमासमेत रहेकाले आर्थिक अनियमितता भएको मान्न नसकिने मन्त्रालयका एकजना अधिकृतले जनाए ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब