“विद्यालय शिक्षा ऐन २०८०” को मस्यौदा सच्याउन भन्दै शिक्षा इकाइ सिरहामा ज्ञापन पत्र बुझायो

  • साउन ३१, २०८० | ७७६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ३१ श्रावण । “विद्यालय शिक्षा ऐन २०८०” को मस्यौदा सच्याउन भन्दै शिक्षा विकास तथा समन्वय एकाई सिरहाका निमित इकाइ प्रमुख जायराम यादबलाई नेपाल शिक्षक ममहासङ्घमा आवद्ध पेसागत संघ सठनले ज्ञापन पत्र बुझाएका छन् ।

शिक्षा ऐनको केही दफाहरुमा संविधान प्रवत्त टे्ड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै ज्ञापन पत्र बुझाएको संघिय शिक्षक फोरम, सिरहाको जिल्ला अध्यक्ष काशिन्द्र प्रसाद यादबले बताए ।

यस मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएका ३० बँुदे र ५१ बुँदे सहमतीको  सबै बुँदाहरु उचित ढङ्गबाट समेटनु पर्ने र २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीमा पेन्सन दिनु पर्ने माग रहेको यादबले बताए ।

महासङ्घले देशव्यापी रुपमा साउन २८ गते देखि नै आन्दोलनमा छन् । तर सरकारले उक्त मागहरु संबोधन गर्नु चासो नदिईरहकोले आब संघले अझ शक्त रुपमै आन्दोलनका तयारी गरिरहेको विभिन्न संठनका अध्यक्षहरुले बताए ।

ज्ञापन पत्र बुझाउन शिक्षा विकास तथा समन्वय इकाइमा जिल्ला भरीका ४ सय भन्दा बढी शिक्षक उपस्ति रहेका थिए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब