सडकमा फोहर फाल्ने वडा अध्यक्ष दण्डित

  • भदौ ४, २०८० | ३८९ पटक पढिएको | सीमा संदेश
alt

सडकमा फोहर फाल्ने वडा अध्यक्षलाई वीरगञ्ज महानगर पालिकाले दण्डित गरेको छ । सडकमा फोहोर फालेको भन्दै वीरगञ्ज महानगर पालिकाले वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश शाहलाई दण्डित गरेको छ ।

सडकमा जथाभाबी फोहोर फालेको आरोपमा महानगर पालिकाको सरसफाइ शाखाले २ हजार रुपैयाँ जरीबाना गरेको छ । सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले, वडा अध्यक्षले घर अगाडि कचडा फोहर फालेको कारण उनलाई २ हजार रुपैया जरिवाना गरिएको जाानकारी दिए । उनले भने–‘वडाध्यक्ष शाहले आफ्नो घर अगाडि फोहोर फालेको गुनासो आएपछि उनलाई कारबाही स्वरूप २ हजार रुपैयाँ जरि वाना गरी दण्डित गरिएको छ ।’ तर वडा अध्यक्ष शाहले आफूसंग राजनीतिक प्रतिशोध साधिएको बताए ।

उनले आफ्नो फेसबुक वालमा स्पष्टीकरण राख्दै घरमा र ाखिएको कचडा आफूले सफा गरे पनि महानगरपालिकाका नेतृत्व पक्षले राजनीतिक प्रतिशोध साध्नको लागी घटनाको एक दिन पछि मलाई नगर प्रहरीहरुले हुल हुज्जत गर्दै, जबर्जस्ती जरिवाना तिराउन लगाइएको भिडियो सार्वजनिक गरेको छ ।

महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ शहर बनाउने उद्देश्यका साथ महानगरपालिकाले गत पुस दोस्रो साता देखि सडक, पेटी, नाला वा खाली जग्गामा फोहोर फाल्नेलाई आर्थिक जरिवाना गरी कारबाही गर्दै आएको छ ।

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब